मङ्गलबार, १२ असार, २०८० बिहानको ०९:४१ बजे,
लिम्बुवान न्युज
काठमाडौ ।लिम्बु चलचित्र ‘के-२’ सार्वजनिक भएको छ । सोमबार ललितपुर नखिपोटस्थित एनएस सेकुवा घरमा आयोजित ‘प्रदेशको नाम कोशी खारेजी आन्दोलन अन्तर्गत चलचित्र के-२ सार्वजनिकीकरण कार्यक्रम’ आयोजना गरी चलचित्र सार्वजनिक गरिएको हो ।
चलचित्र याक्थुङ फिल्म्स् युटुब च्यानलबाट सार्वजनिक भएको छ। याक्थुङ फिल्म्सले यसअघि चलचित्र ‘के’ निर्माण गरेको थियो । उक्त चलचित्रले राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरको पुरस्कारहरु प्राप्त गरेको छ । चलचित्र ‘के’ को सफलतापछि ‘के-२’ निर्माण गरिएको याक्थुङ फिल्म्सले जनाएको छ ।
सागर केरुङ लेखन/निर्देशन रहेको चलचित्र के-२ को निर्माता सबु लिम्बु थाम्सुहाङ् हुन् । चलचित्रमा छायांकन/सम्पादन इसाक जबेगु, सहायक निर्देशक अमर तुम्बापो, श्रीङ्गार अमृता जबेगु, ब्याकराउन्ड म्युजिक बुद्धराज लिम्बुको रहेको छ ।
चलचित्रको मुख्य भूमिकामा यासेली योङ्हाङ, बिमला खजुम रहेका छन् । यस्तै, भवेन्द्र थाम्सुहाङ, हाङ चेम्जोङ, इन्दु फोम्बो, अमर तुम्बापो, रत्ना लिङ्देन लावती, नरेश वनेम फागो, नन्दु तुम्बापो, सरु माङ्मु, नगिना मगर लगायतले यस चलचित्रमा अभिनय गरेका छन् ।
यस चलचित्रमा लिम्बु समुदायको राष्ट्रिय बाजा के(च्याब्रुङ)लाई स्वतन्त्ररुपले चलाउन नपाएको बिषयसँगै कोशी नामकरण खारेजीको विषयलाई उठान गरिएको छ ।
सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष सुर्यप्रकाश चेम्जोङ, किरात याक्थुङ चुम्लुङ युकेका पूर्व अध्यक्ष काजिमान यक्सो, जर्नेल होमित लावती, संघीयवादी नेता विष्णु यक्सो लगायतले चलचित्रमाथी बोलेका थिए ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...