विर्तामाेडमा आदिवासी युवाहरुको भूमिका कार्यशाला सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, झापा । झापाको विर्तामोडस्थित हाेटल ग्राण्ड प्यासिफिक हाेटलमा शिक्षामा बहुभाषिकता र आदिवासी ज्ञानका लागि आदिवासी युवाहरुको भूमिका विषयक कार्यशाला सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको आयोजनामा आयोजित  एक दिने कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालामा आदिवासी जनजाति समुदायका ५० जना बिधार्थीहरूको सहभागी रहेको थियो ।

शनिवार सम्पन्न सो कार्यशालाका सहजकर्ताका रूपमा अमेरिका स्थित कोलम्बिया युनिभर्सिटीका प्रोफेसर डा. प्रेम फियाक रहेका थिए । उनले बहुभाषिक शिक्षा र आदिवासी ज्ञानका बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्यसका लागि आदिवासी युवाहरूको भुमिका महत्वपुर्ण रहेको बताए ।

कार्यशालामा सहभागीहरूले बहुभाषिकता र आदिवासी जानका बारेमा आ-आफ्नो अनुभव साट्दै हाल यसको अवस्था,समस्या,निती,योजना र उपलब्धिका बारेमा बिभिन्न प्रस्तुतिहरू राखेका थिए ।

 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राई, पुर्व अध्यक्ष गणेशमान मुखिया, इन्द्रजीत मुखिया,निवर्तमान अध्यक्ष बिशाल नेम्बाङ,नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला समन्वय समिति अध्यक्ष पाण्डवलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...