आजबाट चौथो आदिवासी चलचित्र महोत्सव शुरुः लिम्बु भाषाबाट चलचित्र ‘सुुगुप’ प्रदर्शन हुने

 लिम्बुवान न्युज
                       


ललितपुर, २३ जेठ । चौथो आदिवासी चलचित्र महोत्सव बुधबार (आज)बाट शुरु हुँदैछ । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह भृकुटी मण्डवमा महोत्सव शुरु हुन लागेको हो ।
दिउँसो २ बजे कार्यक्रमको उद्घाटनसँगै महोत्सव शुरु हुने महासंघका अध्यक्ष पुर्खाजित राईले जनाएका छन् । महोत्सवमा नेपालका लिम्बू(याक्थुङ्), तामाङ, गुरुङ र मगरलगायत भाषाका चलचित्रका साथै अन्य देशका आदिवासीका आदिवासीहरुको चलचित्र तथा वृत्तचित्र समेत पनि प्रदर्शन हुने महासंघका अध्यक्ष राईले जानकारी दिएका छन् ।
चार दिनसम्म चल्ने उक्त महोत्सवमा उत्कृष्ट चलचित्र, वृत्तचित्र र लघु फिल्मलाई पुरस्कृत समेत गरिने अध्यक्ष राईले बताए ।

लिम्बु भाषाबाट छनौट भएको चलचित्र ‘सुगुप’ प्रदर्शन हुने

आजबाट शुरु भएको आदिवासी चलचित्र महोत्सवमा लिम्बु कथामा आधारित लिम्बु चलचित्र सुगुप प्रदर्शन हुने चलचित्रका निर्देशक लोकेन सावाँले बताए ।
भोलि जेठ २४ गते विहीबार विहान ११ः४५ बजेबाट उक्त चलचित्रको प्रिमियर शो हुने उनले बताए । उनले कार्यक्रममा सहभागी हुन समेत आव्हान गरेका छन् ।
लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा अलग हुन्छ सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरुको महत्वपूर्ण भूमिका रहन्छ ।
उक्त चलचित्रमा कलाकारहरु प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम के योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला सैलेन्द कुमार नाल्बो रबिन इन्द्र सेर्पा लगायतको अभिनय रहेको छ ।
यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङ र रिता फोम्बो ठुलिको शब्द रहेको उक्त चलचित्रको संगीत संगीतः अशोक लोहरुङ राईको रहेको छ ।
राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ र सुमन लिम्बु लगायत गायकगायिकाहरुको स्वर रहेको उक्त चलचित्रको पटकथा देवेन्द्र खापुङ त्यसैगरी छायाङ्कनः युवराज राई (वीरबहादुर)ले गरेका छन् ।
भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको कथा÷निर्मातासमेत निर्देशक साँबाकै गरेको छ ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...