लिम्बु (याक्थुङ) भाषा कक्षा ११ र १२ को परीक्षा सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, २७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डद्वारा संचालित याक्थुङ (लिम्बू) भाषा (याक्थुङ पाःन्दाङ नु साप्सक) कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ।
बोर्डले शैक्षिक शत्र २०८० को कक्षा–१२ को परीक्षा शुक्रबार र कक्षा–११ को परिक्षा शनिबार संचालन गरेको हो । शैक्षिक शत्र २०८० मा २४५ जनाले परीक्षा लेखेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परिक्षा नियन्त्रक तथा सत्यहाङमा मावि इम्बुङका प्रधानाध्यापक अमिता सुब्बाले बताईन ।
पाँचथरको फाल्गुनन्द–२ इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक–१ यासोकस्थित पृथ्वी मावि, फिदिम–१० याङनामस्थित खलङगाटार मावि, इलामको माङसेबुङ–५ भालुटारस्थित सरस्वती मावि, ताप्लेजुङको फक्ताङलुङ–३ लिङखिमस्थित सिंवा मावि र मोरङको केराबारी–१ पाटीगाउँस्थित सरस्वती माविले बोर्डबाट सम्बन्धन लिई कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन गराईरहेको बोर्डका संयोजक मलिसा याक्थुङबाले बताए ।
सत्यहाङमा मावि, पृथ्वी मावि, खलङगाटार मावि, इलामको सरस्वती मावि, ताप्लेजुङको सिंवा मावि र मोरङको सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको परिक्षा नियन्त्रक सुब्बाले बताए ।
नेपाल सरकारले भाषा शिक्षा लागू गर्ने नारा दिएतापनि पर्याप्त मात्रमा भाषा शिक्षालाई प्राथमिकतामा नराखेको भाषा विद्वहरु बताउँछन् । सिक्किममा लिम्बु भाषा मास्टरसम्म पढाई भईरहँदा नेपालमा भने राज्यले भाषा नीतिलाई व्यवहारिक बनाउन नसक्नु दुर्भाग्य भएको उनिहरुको तर्क छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...