प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा ११ बुँदे निर्णय सार्वजनिकः मंसिर २ गते विराटनगरमा विशाल जनप्रदर्शन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ, फुङ्लिङ्, २ असार । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले नयाँ चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । ताप्लेजुङको फुङलिङ बजार स्थित स्नो लियोपार्ड होटलमा बसेको दुई दिने बैठकको अन्तिम दिन आज (आइतबार) पत्रकार सम्मेलन मार्फत ११ बुँदे निर्णय सार्वजनिक गरेको हो ।

संयुक्त संघर्ष समितिको समन्वय घटक किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष तथा समितिका संयोजक प्रेम येक्तेनको अध्यक्षतामा बसेको बैठकमा समितिमा आबद्ध ४१ भन्दा धेरै घटक तथा पहिचान पक्षधर प्रमुख नेतृत्वहरुको उपस्थिति रहेको थियो ।

संघर्ष समितिले गत इलाम उपनिर्वाचनको समिक्षा, आर्थिक योजना लगायत विविध विषयमा छलफल गर्दै वैठक सम्पन्न पश्चात प्रेसविज्ञप्ति जारी गर्दै नयाँ चरणको आन्दोलन घोषणा गरेको हो ।

संघर्ष समितिले मंसिर २ गते प्रदेश १ को राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने विज्ञप्तिको पहिलो बुँदामा उल्लेख गरेको छ । यसैगरी समितिले समानान्तर सत्ताको अभ्यास गर्ने । कोशी नामको पक्षमा मतदान गर्ने ८२ प्रदेश सदस्य र साम्प्रदायिक गाली गर्ने एकालेका तीन नेताहरुलाई प्रदेश १ को कुनै पनि सार्वजनिक कार्यक्रममा निमन्त्रणा नगर्न सबैपक्षसँग आनुरोध गर्ने समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा पहिचान मुद्दालाई स्थानीय तहसम्म लैजान प्रदेश व्यापी प्रशिक्षण, संगठन विस्तार अभियान असार १५ गते देखि कार्तिक १५ गतेसम्म सञ्चालन गर्दै निर्णायक आन्दोलन गर्ने निर्णय गरिएको छ । इलाम दुईको उपचुनावबाट एकल जातिवादी सत्तालाई चुनौती दिएको र पहिचानको मुद्दालाई प्रतिपक्षीय विचार स्थापित गरेको मतपरिणामलाई सकारात्मक समीक्षा गरेको छ ।

यसैगरी ताप्लेजुङको पवित्रस्थल मुकुमलुङ माथि भएको सांस्कृतिक अतिक्रमण र केबलकार निर्माण खारेजीको लागि पहल संघर्षरत मुक्कुमलुङ ताःङसेप र फाःसिङ चुम्भोसँगै, प्रदेश नं. १ पुनः नामाङ्कन संघर्ष समितिले संयुक्तरुपमा संघर्ष गर्ने निर्णय गरेको छ ।

यस्तै तेस्रो जनआन्दोलन र पहिचान मुद्दालाई शसक्त बनाउन प्रदेश १ मा रहेका सबै समुदाय, मुद्दा मिल्निे दल र संघसंगठनहरुसँग समन्वय गरेर आन्दोलनमार्फत पहिचान स्थापित गर्न एक कार्यदल बनाई पहल शुरु गर्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश सरकारसँग विगतमा भएको वार्ता अनुसार इलाम कारागारमा जेलजिवन विताईरहेका हस्त बहादुर लिम्बु (आसिस साम्बा)लाई रिहाईको लागि निरन्तर पहल गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।

कियाचु अध्यक्ष येक्तेन, नेपाल आदिवासी अध्यक्ष ग्याल्जे शेर्पा, पहिचान सहितको प्रदेश नं. १ अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा अध्यक्ष जीवन हाताचो राई र नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै कोशी नाम खारेजी आन्दोलनलाई नयाँ चरणमा सुरु भएको संयुक्त संघर्ष समितिले घोषणा गरेको छ ।

सार्वजनिक ११ बुँदे निर्णयहरुः

तस्वीरः सामाजिक संजालबाट साभार गरिएकाे ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...