पहिचानवादी माेर्चा दनुवार स्वायक्ष क्षेत्र संयाेजकमा लालकाजी

 लिम्बुवान न्युज
                       

ललितपुर, २५ जेठ । पहिचानवादी माेर्चाले दनुवार स्वायत्त क्षेत्र समिति गठन गरेको छ । शनिबार ललितपुरस्थित माेर्चाकाे संघीय कार्यालय थसिखेलमा सम्पन्न एक भेलाले लालकाजी दनुवारकाे संयाेजकत्वमा समिति निर्माण गरेको हाे ।

माेर्चाका संयाेजक प्रा.डा. महेन्द्र लावतीकाे प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले समितिकाे सदस्यहरूमा कुमार दनुवार (क), अर्जुन दनुवार, अरुण दनुवार, कुमार दनुवार (ख), सुबिन दनुवार, रामकृष्ण दनुवार, राजन दनुवार, रामकुमार दनुवार, बिष्णु दनुवार, सुजन दनुवार, कृष्ण बहादुर दनुवार, सुदिप दनुवार,राम दनुवार, हर्क बहादुर दनुवार रहेका छन् ।

मोर्चाक संघीय सदस्य तथा ताम्सालिङ प्रदेश समितिका नेता सन्चवीर दोङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सदस्य तथा कार्यालय सचिव सदस्य खगेन्द्र माखिम, सरू सिंगक, बुद्ध स्याङतेन, टेक लावती,  खसान संयाेजक लाेकेन्द्र थापाकाे समेत उपस्थिति रहेको थियोे ।

संघीय सदस्य मोलम लामाले सञ्चालन गरेको कार्यक्रम ताम्सालिङ प्रदेश समितिको आयोजनामा भएको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...