झापाको उभौली साकेला कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, २५ जेठ । किरात राई यायोक्खा जिल्ला समिति झापाको आयोजनामा भएको साकेला सिल्ली समापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार झापाको कमल ४स्थित सितापुरीस्थित साकेला थानमा भव्य रुपमा सम्पन्न भएको हो ।

झापा जिल्लाको १५ वटैं पालिकाबाट आएका साकेला नृत्य, त्यसैगरी छिमेकी जिल्लाहरु इलाम, मोरङ र पाँचथरबाट आएका साकेला टोलीहरुले आ–आफ्नो सिल्ली प्रस्तुत गरेका थिए ।

वैशाखे पूर्णिमादेखि किरातजातीहरु राई, लिम्बु, याक्खा, सुनुवार लगायत जातीहरुले गर्मी मौसममा बर्षभरी खाने धान, मकै, कोदो लगायतका अन्नबाली लगाउँदै आफ्नो पितृ तथा प्रकृतिलाई पुँजा गर्दै यो पर्व मान्ने परम्परा रहेको छ । विशेष गरी राई जातीहरुले उभौलीमा साकेला नाच्दै पूर्खाहरुको सम्मान गर्ने र प्रकृतिलाई राम्रो अन्नबाली पलोस् भनेर पुजा गर्ने परम्परा रहेको छ ।

कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिं राई, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, शसस्त्र प्रहरी बलका प्रमुख, इलाका प्रहरी कार्यालय दमकका प्रमुख, किरात राई यायोक्खाका केन्द्रीय नेताहरु, जिल्लाका नेताहरु लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन किरात राई यायोक्खा जिल्ला कार्य समितिका सचिव सुसन राईले गरेका थिए ।

साकेला सिल्ली कार्यक्रम सहित मनोरञ्जनात्मक खेल तामासाहरु, विभिन्न जातीहरुको सांस्कृतिक परिकारका खानपान सहित मेलामा हजारौंको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...