मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

 लिम्बुवान न्युज
                       

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार १ गते दुई दिन वृक्षारोपण कार्यक्रम गर्न लागिएको हो ।

‘मुक्कुम्लुङ संरक्षण’ र ‘नो केबलकार’ आन्दोलनलाई निरन्तरताका लागि रचनात्मक कार्यक्रम तय गरिएको मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङखिमले बताउनु भयो ।

यस्तै असार २ गते तमोरखोला (इम्बिरी याङधाङवा) क्षेत्रमा प्रस्तावित जलविद्युत् आयोजनाको स्थलगत अध्ययन गरी त्यसको असरको मूल्यांकन गर्ने र आन्दोलनका आगामी कार्यक्रमको रूपरेखा तयार गर्न आवश्यक निर्णय लिने जनाइएको छ।

मुक्कुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक दृष्टिले मूल्यवान् भएकाले त्यसको अतिक्रमण र व्यवसायीकरण रोक्नु नै आन्दोलनको लक्ष्य रहेको संघर्ष समितिले जनाएको छ ।

“सरकार र केबलकार परियोजना पक्षधरबीचको मिलेमतो, नागरिकको आवाजको बेवास्ता र ‘विकास’को नाममा भइरहेको सांस्कृतिक विनाशविरुद्ध अबको आन्दोलन अझ व्यापक र अन्तर्राष्ट्रियस्तरमा फैलाइने छ,” आन्दाेलनरत पक्षले जनाएकाे छ ।

आफूहरूले बारम्बार वार्ता र संवादको पहल गरे पनि सरकारले गम्भीरतापूर्वक नलिएको र सहमति तोडेको संघर्ष समितिको आरोप छ । २०८१ माघ २२ गते भएको ६ बुँदे समझदारीपछि उच्चस्तरीय वार्ता हुने सहमति भए पनि सरकारले वार्ता टोली नै नबनाएको समितिले जनाएको छ ।

यसैक्रममा पाथीभरा संरक्षण विकास समितिले एक विज्ञप्ति जारी गर्दै त्यसक्षेत्रमा कुनैपनि कृयाकलाप गर्नुपूर्व समितिसँग पूर्वस्वीकृति लिनु पर्ने भनी सूचना जारी गरिएको प्रति संघर्ष समितिले भत्सर्ना गरेकाे छ ।

आफ्नो सांस्कृतिक सम्पदा संरक्षण गर्ने अधिकार आदिवासी जनजातिहरुलाई भएको र संयुक्त राष्ट्रसंघको श्रम संगठन आइएलओ १६९ अनुसार जल, जंगल र जमिन माथिको जातीय अधिकारमाथि नै कुण्ठित गर्ने कार्य गरेकाेमा यसकाे घाेर विराेध गरिने प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका संयाेजक डेकन्द्र सिंह थेगिमले बताउनु भयाे ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...