‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ।

पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत गरिएको सो पुस्तकमा केन्द्रका महानिर्देशक युवाराज पौडेलको विशेष निर्देशन र विषय समितिका अध्यक्ष श्री बज्रमणि बज्राचार्य, सदस्य डम्बर आङदेम्बे, निर्देशक राजु श्रेष्ठ, र अधिकृत कुमार घिमिरेले महत्वपूर्ण शैक्षिक र पृष्ठपोषणात्मक योगदान पुर्‍याएका छन्।

लेखकद्वय निशेष आङ्देम्बे र अमर तुम्याहाङले तयार पारेको यस पाठ्यपुस्तकलाई अझ प्रभावकारी बनाउन यसअघि सम्पन्न शिक्षक कार्यशालामा येहाङ लओती, सुजाता खजुम, यमता पन्धक र पुष्पहाङ लोवाले पनि उपयोगी सुझाव र परामर्श दिएका थिए।

लामो समयदेखि याक्थुङ समुदायका विद्यार्थीहरूका लागि मातृभाषामा गुणस्तरीय पाठ्यसामग्री अभाव भोगिँदै आएको सन्दर्भमा यो पाठ्यपुस्तक प्रकाशनले मातृभाषा शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

अब आउँदो शैक्षिक सत्रदेखि याक्थुङ कक्षा ९ का विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक अनुसार अध्ययन गर्न पाउने लेखक तुम्याहाङले बताए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...