लिम्बू भाषा साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्नः कुल २०६ विद्यार्थी सहभागी

 लिम्बुवान न्युज
                       

पान्थर, ८ असार । लिम्बू (याक्थुङ) भाषा, साहित्य कक्षा ११ र १२ को परीक्षा सम्पन्न भएको छ। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले सञ्चालन गरेको शैक्षिक शत्र २०८१ को कक्षा ११ र १२ को परीक्षा शनिबार सम्पन्न भएको हो ।

लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परीक्षा नियन्त्रक एवम् सत्यहाङमा मावि इम्बुङ पाँचथरका प्रधानाध्यापक अमिता सुब्बाका अनुसार शुक्रबार कक्षा १२ र शनिबार कक्षा ११ को परीक्षा सम्पन्न भएको हो । कक्षा–१२ मा १०० जना र कक्षा–११ मा १०६ जना गरी २०६ परीक्षार्थीले परीक्षा लेखेकाे परीक्षा नियन्त्रक सुब्बाले बताइन्।

बोर्ड अन्तर्गतका पाँचथर, इलाम, मोरङ, तेह्रथुम, ताप्लेजुङ र धनकुटा जिल्लाका आठ केन्द्रमा शुक्रबार र शनिबार परीक्षा सम्पन्न भएको हो। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द गापा–२ इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक गापा–१ यासोकस्थित पृथ्वी मावि, फिदिम नपा–१० याङनामस्थित खलङगाटार मावि, इलामको माङसेबुङ गापा–५ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको हो।

त्यस्तै फक्ताङलुङ गापा–३ ताप्लेजुङको सिंवा मावि, ताप्लेजुङकै मेरिङदेन गापा–५ थुकीमास्थित त्रिभुवन मावि, मोरङको केराबारी गापा–१ पाटीगाउँस्थित सरस्वती मावि, तेह्रथुमको मेन्छ्यायेम गापा–४ स्थित श्रीजुङ मावि र धनकुटाको छथरजोरपाटी गापा–३ ताङखुवास्थित सरस्वती मावि परीक्षा केन्द्रमा पनि परीक्षा सम्पन्न भएको हो ।

तस्वीरः सुम्हात्लुङटाइम्सबाट

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...