लिम्बु भाषामा बनेकाे चलचित्र ‘चे’ उत्कृष्ट चलचित्र घाेषणा

 लिम्बुवान न्युज
                       

ललितपुर, असार । पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ काठमाडाैंमा सम्पन्न भएकाे छ । आइतबार चावहिलस्थित चलचित्र विकास वाेर्डकाे सभाहलमा सम्पन्न महाेत्सवबाट  याक्थुङ लिम्बू भाषिक चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड पाएकाे छ भने चलचित्रका निर्देश सागर केरूङले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

गत असार ६ देखि ८ सम्म सञ्चालन भएको ३ दिने महोत्सवमा चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड हात पारेको हो भने निर्देशक केरुङले ‘उत्कृष्ट चलचित्र निर्देशक अवार्ड’ जितेका हुन् ।

महोत्सवमा विभिन्न भाषाका करिब ३ दर्जन चलचित्रहरु सहभागी थिए ।

यसअघि तेश्रो महोत्सवमा पनि लिम्बु चलचित्र ‘के’ ले उक्त अवार्ड जितेकाे थियो । तेश्रो महोत्सवमा नायक निर्माता भिम प्रसाद तुम्बाहाङ्फेको ‘केसाङ्ला’ले पब्लिक चोइस अवार्ड जितेको थियो भने चौथो महोत्सवमा चलचित्र ‘सुगुप’ले सम्पादन, ब्याग्राउण्ड म्युजिक र छायाङ्कन बिधामा अवार्ड हात पारेको थियो ।

बर्तमान राजनीतिक परिवेशले आदिवासी समाधिस्थल माथीको आक्रमणलाई बिषयबस्तु बनाईएको लिम्बु चलचित्र ‘चे’ अगस्ट १७ मा हङकङ  र कोरियामा प्रदर्शन हुने लेखक तथा निर्देशक केरुङले बताए । याक्थुङहरू कसरी लास भएका छन् र लास अथवा चे व्यवस्थापनकाे लागि कसरी समस्या बन्दै गइरहेकाे छ भन्ने कथामा केन्दित बनेकाे याे चलचित्र भद्रपुर, दमक र उर्लाबारीमा प्रदर्शन भइसकेकाे छ ।

आदिवासी जनजाति चलचित्रको पहिलो संस्करण २०७४/२०१७ मा चलचित्र ‘लोम्बा’ मगर भाषाको चलचित्रले उत्कृष्ट अवार्ड जितेको थियो भने क्रमश दोस्रो संस्करण २०७५/२०१८ चलचित्र ‘यारी’ राई, तेस्रो संस्करण २०७६/२०१९ चलचित्र ‘के’ लिम्बू, चौथो संस्करण २०८१/२०२४ चलचित्र ‘रोश’ मगर, र पाँचौ संस्करण २०८२/२०२५ चलचित्र ‘चे’ लिम्बू भाषाको चलचित्रले उत्कृष्ट अवार्ड जितेको हो ।

 

रक्षामन्त्री मानबिर राईको आतिथ्यतामा समुदघाटन गरिएका महोत्सवमा सोहि दिन चलचित्र निर्देशक नवीन सुब्बा र निर्देशक राजकुमार राईलाई सम्मान गरिएको थियो ।

कार्यक्रमकाे समापनमा सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले अवार्ड विजेताहरूलाइ पुरस्कार वितरण गरेका थिए । पाँचाैं महाेत्सव नेपाल आदिवासी चलचित्र महासंघकाे आयाेजना तथा चलचित्र विकास वाेर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र राेशी गाउँपालिकाकाे सहकार्यमा सम्पन्न भएकाे हाे ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...