मोर्चाको झापा र मोरङमा अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

दमक, १३ असार । संयुक्त पहिचानवादी मोर्चाले झापा र मोरङ जिल्लामा राजनीतिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतमा झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङको नगर कार्यालयमा विहीबार जिल्ला समितिका नेता तथा जिल्लाका अगुवा कार्यकर्ताहरुको भेला गरिएको हो ।

मोर्चाका संघीय संयोजक लावतीले वर्तमान अवस्थामा पहिचान पक्षधर पार्टीहरु विभिन्न कारणले टुक्रा परेको हुँदा अब एकजुट भई नयाँ शिराबाट राजनीति शुरु गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको अध्यक्ष भएपछि मन्त्री वा प्रधानमन्त्री बनेमा स्वत पार्टी अध्यक्ष त्याग्नु पर्ने एक पद एक जिम्मेवारी पद्दती लागू गर्नुपर्ने उनले बताए ।

संयोजक लावतीले पार्टी अध्यक्ष राजा जस्तो बनेको हुँदा हुकुमी शासन लादिएको कारण पार्टीहरु असफल भएको बताए । उनले पार्टी अध्यक्ष दुई कार्यकाल लगातार अध्यक्ष बनेमा पनि पार्टी निर्माण निश्पक्ष नहुने भन्दै नयाँ बन्ने पार्टी अलि लोकतान्त्रिक र पहिचान झल्कने हुने बताए ।

यस्तैगरी बुधबार मोरङको बेलबारीमा समेत मोरङ जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम भएको थियो । मोर्चाका नेताहरु अशोक चेम्जोङ, चन्द्र मादेन, नन्द याम्फू, वाङगाई धिमाल, गंगा सेर्मा राई लगायतका संघीय नेताहरुले समेत आ–आफ्ना विचारहरु राखेका थिए ।

मोर्चाले आगामी केही महिनाभित्रै पार्टी निर्माणलाई टुंगोमा पुराउने गरिको सचिवालय समेत गठन गरेको छ भने युवा, विद्यार्थी, संचार, भूपुसैनिक, महिला, आर्थिक लगायत विभागहरु गठन गरेर जिम्मेवारी समेत दिई गतिविधि अगाडि बढाईरहेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...