दमकमा तिनदिने याक्थुङ भाषा ‘‘शिक्षक पेशागत विकास’’ कार्यशाला सुरू

 लिम्बुवान न्युज
                       

  • दमक, १४ असार ।

झापाको दमकमा बिद्यालय शिक्षामा आदिवासी याक्थुङ लिम्बु भाषा, शिक्षक पेशागत विकास कार्यशाला सुरू भएको   तीन दिनसम्म सञ्चालन हुने कार्यशाला किरात याक्थुङ चुम्लुङ सङघीय कार्यसमितिको आयोजनामा र अमेरिका स्थित कोलम्बिया बिश्व बिद्यालयको सहकार्य रहेको छ ।

शुक्रबार देखि शुरू भएकाे प्रशिक्षण कार्यक्रम आइतबार तीन दिनसम्म संचालन हुने बताइएकाे छ । कार्यशालामा झापा  मोरङका २० जना याक्थुङ भाषाका शिक्षकहरूको सहभागिता रहेको कियाचू लिम्बुवान प्रदेश समितिले जनाएकाे  

कार्यशालालाई प्राज्ञ, भाषाविद तथा त्रिविका प्राध्यापक अमुर तुम्याङ,बिज्ञ तथा कोलम्बिया बिश्व बिद्यालय अमेरिकाका प्राध्यापक डा. प्रेम फिया  बिज्ञ तथा काठमाडौ बिश्वबिद्यालयका एमफिलका सोधार्थी पूर्ण कुमारी लिङदेनले सहजीकरण गरिरहेका छन् ।

किरात याक्थुङ चुम्लुङ झापाका उपाध्यक्ष हस्त आङदेम्बेको अध्यक्षकतामा  सम्पन्न उद्घाटन समारोहमा दमक याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति तथा पत्रकार सेसेमी मे नाल्बो, किरात याक्थुङ चुम्लुङ मोरङका अध्यक्ष डिबी कुरूम्बाङ, याक्थुङ समुदायका बिज्ञहरू तथा विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदेश्यमाथि प्रष्ट पार्दै कार्यशालाका सहजकर्ता कोलम्बिया बिश्व बिद्यालय अमेरिकाका प्राध्यापक डा. फियाकले संविधानमा मातृभाषा शिक्षालाई लागू गर्नेबारे उल्लेख भएपनि विभिन्न कारणहरूले गर्दा लागू हुन नसकिरहेको अवस्था रहेको बताए । साथै प्राज्ञिक शिक्षकहरूको पेशागत विकासमा जोड दिन जरूरी रहेको समेत बताए ।

अरू हरेक विषयमा तालिमहरू हुने गर्छन तर मातृभाषामा शिक्षण गरिराखेका शिक्षकहरूको पेशागत तालिम भने हुंदैनन् त्यसैले ती शिक्षकहरूको पेशागत विकास होस् भन्ने उद्देश्यले यो कार्यशालाको आयोजना गरिएको चुम्लुङले जनाएकाे छ ।

मुन्धुम साबा इन्द्र आङदेम्बेको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लिम्बूवान प्रदेशका सदस्य सचिवालय सदस्य कबिन्द्र शेर्माले स्वागत गरेका थिए भने सञ्चालन प्रदेश सचिव साङसेन पन्धाकले गरेका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...