तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

 लिम्बुवान न्युज
                       

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो अधिवेशनलाई समुद्घाटन गर्नुहुँदै प्रदेश प्रमुखज्यूले आफ्नो धारणा राख्नुभएको हो ।

कोशी प्रदेशमा तेह्रथुम जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने किशोरचन्द्र दुलाल र कमला दर्नालको समेत उपस्थिति रहेको कार्यक्रममा लोकसेवा आयोग कोशी प्रदेशका अध्यक्ष महेन्द्रप्रसाद गुरागाइँ, मुख्यमन्त्री कार्यालयका प्रदेश (कानुन) सचिव राजुप्रसाद गुरागाइँ, सुरेशमान श्रेष्ठ, भीम गुरागाईलगायतलाई प्रदेश प्रमुखज्यूबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका कोशी प्रदेश अध्यक्ष सुरेशमान श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका उपसचिव यादव दुलाल, जनस्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूल वहादुर पौडेल अतिथि रहनुभएको थियो । उहाँहरु सबै तेह्रथुममा जन्म भएका र तेह्रथुम पुख्र्यौली भएको हुनुहुन्छ ।

त्यसरी नै तेह्थुममा पहिलो सार्वजनिक यातायात पुराउने कमल वहादुर वुढाथोकी, ओयाकजुङ गाविसका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व प्रसासक महानन्द गुरागाईलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

असार १४ गते विराटनगरस्थीत मुडुला कार्की कुलायन समाजको भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

दमकमा तिनदिने याक्थुङ भाषा ‘‘शिक्षक पेशागत विकास’’ कार्यशाला सुरू

दमक, १४ असार । झापाको दमकमा बिद्यालय शिक्षामा आदिवासी याक्थुङ लिम्बु भाषा, शिक्षक पेशागत विकास कार्यशाला सुरू भएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यशाला किरात याक्थुङ चुम्लुङ सङघीय कार्यसमितिको आयोजनामा र अमेरिका स्थित कोलम्बिया बिश्व बिद्यालयको सहकार्य रहेको छ । शुक्रबार देखि शुरू भएकाे प्रशिक्षण कार्यक्रम आइतबार तीन...