राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

 लिम्बुवान न्युज
                       

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।

पथरीशनिश्चरे—१० शिविरडाँडा चोक पश्चिममा रहेको किरात युमा माङहिम, फाल्गुनन्द साम्जिक मुन्धुम विद्यालय परिसरमा रहको किरात धर्मिक क्षेत्रमा गाडिएको त्रिशुल, धार्मिक माङनिशा र सँगै गाडिएको नेपालको राष्ट्रिय झण्डा ‘चोरपारा’ले लडाएर फालिएको भन्दै खोजी गरेर कारबाहीको माग गरेका छन् ।

सुक्रबार (असार १४) अपरान्हमा आएका एउटा समूहले किरात धर्म मान्ने समुदायले पूजा गर्दै आएको स्थानमा प्रवेश गरेर नेपालको राष्ट्रिय झण्डा, किरात धर्मको झण्डा, त्रिशुल फाल्नुको साथै नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको प्रतिमा निर्माणको लागि राखिएको इँटाहरु फालिदिएको किरात युमा माङहिम (मन्दिर) समितिका अध्यक्ष सम्शेर राईले बताए ।

किरात धर्मको त्रिशुल, राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको प्रतिमा राख्न तयार इँटाहरु र नेपालको राष्ट्रिय झण्डा लडाएर च्यात्नेहरुलाई खोजेर तुरुन्त कारबाही गर्न महागुरु फाल्गुनन्द प्रतिष्ठानकानका अध्यक्ष सोमप्रसाद पोमुको माग रहेको छ । युमा माङ्हिमले आफना्े मन्दिरको त्रिशुल, झण्डाहरु फिर्ता दिन समेत अनुरोध गरेका छन् ।

सो स्थलमा २०८२ बैशाख २४ गते नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक निर्माण गर्न पथरीशनिश्चरे नगरका जनप्रतिनिधिहरुको हाटबाट शिलान्यास भएको थियो ।

पशुपति सामुदायिक वन क्षेत्रमा डेढ दर्जन बढी विभिन्न धर्म संस्कृति मान्नेहरुको सांस्कृतिक स्थल भएपनि किरात युमा माङ्हिम विरुद्ध पटक पटक आक्रमण भएको प्रति सो धार्म मान्नेहरुको गम्भीर ध्यान आकर्षण भएको ज्ञानेन्द्र राईले बताए ।

यस बिषमा बुझ्ना सम्पर्क गर्दा सब भिडिजन वन कार्यालयका प्रमुख त्रिभुवन साहासँग सम्पर्क गर्न खोज्दा फोन उठेन । किरात युमा माङ्हिमले पत्रकार सम्मेलनको साथै शनिबारै प्रदेश सभा सदस्यहरु (सांसद) मानबहादुर लिम्बू, गीता तिम्सिना लगायतलाई बोलाएर ध्यान केन्द्रित गराउदै नेपालको राष्ट्रिय झण्डा, किरात धार्मिक झण्डा लडाएको अवस्था बारे जानकारी गराएका थिए ।

किरात धर्मका अनुयायीहरुले शनिबार आफ्नो क्षेत्रमा धुपि, आँप, अम्बा लगायतको विरुवा रोपेका छन् । सुक्रबार झण्डा र त्रिशुल उखेलिएपछि शनिबार दिनभर धार्मिक अनुयायीहरु सो क्षेत्रमा तैनाथ थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...