आजबाट यूरोकप २०२० को क्वाटरफाइनल शुरु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १८ असार । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आज(शुक्रबार) देखि सुरु हुँदैछन् । दुईदिनको विश्राम सकिएपश्चात आजबाट खेल शुरु हुन लागेको हो । प्रिक्वाटरफाइनलमा रोमान्चक मोड लिदै विश्व विजेता फ्रान्स, साविक विजेता पोर्चुगल र ३ पटकको युरोकप विजेता जर्मनीलाई पाखा लगाउँदै ८ टिम क्वाटरफाइनलको लागि आजबाट प्रतिस्पर्धा गर्दैछन् ।

आजको पहिलो खेलमा पहिलोपटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीच हुँदैछ । खेल राती ९ः४५ बजे रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।

स्वीट्जरल्याण्डले यो ठूलो प्रतियोगितामा क्वाटरफाइनल खेल ६७ वर्षपछि खेल्दैछ । सन् १९५४ मा स्वीट्जरल्याण्डले विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।

स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।

दोस्रो खेल निक्कै रोमान्चक हुनेछ । फिपा रेङकीङ्गको नम्बर १ देश बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । राति १२ः४५ बजे हुने यो खेल जर्मनीको म्युनिकमा हुनेछ । दुवै टोली शतप्रतिशत जितसहित क्वाटरफाइनलमा पुगेको हो । यद्यपी अब हार्ने टोली यूरोकपबाट बाहिरीनु पर्नेछ ।

इटली लगातार ३१ खेलमा अपराजित छ । ११ खेलमा क्लिनसिट राखेको इटालीले पछिल्लो खेलमा अष्ट्रियाविरुद्ध गोल खाएको थियो । यूरोकपको समूहचरणको ३ वटै खेलमा गोल नखाई प्रिक्वाटरफाइनलमा पुगेको थियो । सन् १९६८ को विजेता इटली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो ।

उता विश्व नम्बर वान बेल्जियमले साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । बेल्जियमलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ । तर केही जित्न सकेको छैन, यतिबेला केही खेलाडी घाइते भएको खबर बाहिर आएको छ । बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो । त्यसपछि युरोको तीन संस्करणमात्र खेलेको बेल्जियम पछिल्लो पटक क्वाटरफाइनलबाटै बाहिरिएको थियो । यो पटक बेल्जियमलाई उपाधी दावेदारको रुपमा हेरिएको छ ।

बाँकी दुई क्वाटरफाइनल खेल शनिबार हुनेछ । जसमा चेक रिपब्लिक र डेनमार्क भिड्नेछन् भने अन्तिम खेलमा युक्रेन र इंग्ल्याण्ड भिड्नेछन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...