एशियन च्याम्पियन भलिबलको लागि छानिए १८ खेलाडी, प्रशिक्षण जारी रहने

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल भलिबल संघ (एनभीए)ले एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीको लागी बन्द प्रशिक्षणमा १८ महिला खेलाडी छनौट गरेको छ । शनिबार संघले २७ जना महिला खेलाडीबाट ९ जनालाई बाहिर राख्दै १८ खेलाडीलाई छनौट गरेको हो ।

अब संघले अन्तिम छनौटमा १८ जनाबाट १४ जनालाई टिममा स्थान दिने जनाएको छ । २७ खेलाडीहरुबाट सरस्वती जैसी, सृष्टि खड्का, संगम महतो, वाल्मीका आचार्य, शान्तिकला तामाङ, हीरा केसी, पूजा चौधरी, सरस्वती कट्टेल र रिमा कुँवर सहित ९ जना बाहिरिएका छन् ।

एशियन च्याम्पियनसिपको तयारीका लागी नेपाली टिमले असार १ गतेबाट प्रशिक्षण शुरु गरेको थियो । नेपाली टिमले आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिख अर्थात् भाद्र १३ गते देखि २० गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि प्रशिक्षण प्रशिक्षण शुरु गरेको हो ।

अन्तिम १८ मा परेका खेलाडीहरुमाः
प्रतिमा माली, सरस्वती चौधरी, शान्ती थारु, निरुता ठगुन्ना, उषा भण्डारी, सोफिया पुन, मनीषा चौधरी, कविता भट्ट, सुनीता खड्का, उषा विष्ट, सलीना क्षेष्ठ, सरस्वती जैशी, लक्ष्मी चन्द, रिया कुँवर, रेश्मा भण्डारी, अरुणा शाही, जानकी भण्डारी र कृपा अधिकारी छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...