युरोकप २०२० को सेमिफाइनल समीकरण पुरा

 लिम्बुवान न्युज
                       

काठमाण्डौ । १६औं संस्करणको युरो कप २०२० फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको युरोकप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै अन्तिम दोस्रो खेलमा चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसैगरी गएराति भएको दुई खेलमा स्पेनले स्विटजरलेण्डलाई पेनाल्टी सुटआटमा ३–१ले पराजित गरेको थियो भने इटलीले विश्वनम्बर वान बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।

इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क युरोकपको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । सेमीफाइनलमा इटली र स्पेनबीचको खेल बुधवार राति १२ः ४५ बजे हुनेछ भने डेनमार्कले इङ्ग्ल्यान्डसँग बिहीवार राति १२:४५ बजे प्रतिस्पर्धा गर्ने छ ।

विश्व नम्बर वान बेल्जियम, स्विटजरलेण्ड, येक्रेन र चेक रिपब्लिकले अन्तिम ८ मा स्थान बनाउँदै युरोकप २०२० बाट विदा भएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...