काठमाडौं, २०असार । यूरोकप २०२० सँगै–सँगै शुरुभएको कोपा अमेरिका फूटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको ४७औं संस्करणको सेमिफाइनल समीकरण आज (आइतबार) पूरा भएको छ ।
आज बिहान दुई क्वाटरफाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको हो । आज भएको दुई क्वाटरफाइनल खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । त्यसैगरी अर्को खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० ले पाखा लगायो ।

अब यि दुई टिम अर्जेन्टिना र कोलम्बिया दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
त्यसअघि घरेलु टोली ब्राजिलले पेरुसँग पहिलो सेमिफाइनल खेल्नेछ । २०१९ मा भएको संस्करणमा ब्राजिलले पेरुलाई नै पराजित गर्दै उपाधि चुमेको थियो ।
विश्वको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपामा दक्षिण अमेरिकाका १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।
अब ब्राजिल र पेरुबीचको खेल मंगलबार बिहान नेपाली समय अनसार ४ः४५ बजे सुरु हुनेछ । यस्तै अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६ः४५ बजे सुरु हुनेछ ।