जन्मोत्सबमा १ सय ३८ विपन्न परिवार खाद्यान्न बितरण

 लिम्बुवान न्युज
                       

फिदिम, असार २१। पाँचथरको साबिक याङनाम गाबिसका पूर्व प्रधानपञ्च तथा समाजसेवी हस्तराज थाम्सुहाङ र उहाँकी श्रीमती लक्ष्मी कुमारी लक्सम (थाम्सुहाङ) को ८५ औँ जन्मोत्सवको अवसरमा वडाका अतिवपिन्न परिवारलाई खाद्य सामग्री बितरण गरिएको छ ।

हाल फिदिम नगरपालिका १० याङनामका १ सय ३८ बिपन्न घर परिवारलाई खाद्यसामग्री बितरण गरिएको हो ।

कोरोना महामारीमा जारि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका परिवारलाई घरमै पुगेर खाद्यान्न बितरण गरिएको थाम्सुहाङका साहिला छोरा होमराजले जनाएका छन् ।

बुवा आमाको जन्मोत्सवको अवसर पारेर दुई लाख बराबरको खाद्यान्न बितरण गरेको हो । –साइला छोरा हेमराजले भने । ‘कोरोनाको कारण बुवा आमाको ८४औं पूजा गर्न नपाएपछि गाँउका मानिसलाई खाद्यन्न बितरण गरिएको हो । थाम्सुहाङ दम्पतिको जन्म दिन केही दिनको फरक भएकाले खाद्यान्न बितरण भने एकैसाथ गरि जन्मोत्सव मनाइएको थाम्सुहाङ परिवारको भनाइ छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...