अर्जेन्टिना कोपा अमेरिकाको च्याम्पियन, ब्राजिल घरेलु मैदानमा स्तब्ध

 लिम्बुवान न्युज
                       

एजेन्सी । अर्जेन्टिनाले ४७औं कोपा अमेरिका फुटबलको उपाधि चुमेको छ । आज (आइतबार) बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

ब्राजिलको माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरेका थिए । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे । उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरेका थिए ।

ब्राजिलले भने धेरैपटक अवसर पाएपनि अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको आक्रमणलाई अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्जिनेज बाधक बनेका थिए । अन्तत ब्राजिलले उपाधि घरमा राख्न असफल भयो ।

यो जीतसँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । ३४ वर्षीय मेस्सीले सन्यास फिर्ता लिदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका हुन् । मेसीले सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि सन्यास घोषणा गरेका थिए । तर, उनले सन्यास फिर्ता लिदै पुनः राष्ट्रिय टिममा फर्किएका थिए ।

२८ बर्ष पछि पहिलो पटक उपाधि जितेको अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो ।

उत्कृष्ट खेलाडीका साथै ४ गोल गर्दै हाइ स्कोरर समेत मेसीले हात पर्दा उत्कृष्ट गोलकिपर अर्जेन्टिनाका गोलकिपर मार्जिनेज बनेका छन् । फाइनल खेलको म्यान अफ दि म्याच भने एक मात्र गोल गर्न सफल अर्जेन्टिनाका डि मारियाले हात पारेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...