प्रेस क्लब मेचीनगरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, २ साउन । मेचीनगरमा रहेका पत्रकारहरु बीचमा वृहत अन्तर्क्रिरयात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा शनिबार क्लबको कार्यालयमा ‘टि–सर्ट वितरण तथा मेचीनगरका पत्रकार बीचको अन्तक्र्रियात्मक कार्यक्रम’ सम्पन्न भएको हो ।

सो अवसरमा प्रेस क्लबले आफ्ना सदस्यहरुलाई टि–सर्ट वितरण गरेको छ । क्लबको लोगो अंकित टि–सर्ट आफ्ना सदस्यहरुका लागि वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले सदस्यहरुलाई टि–सर्ट प्रदान गरेका थिए ।

सो अवसरमा बेल्दै प्रमुख अतिथि भण्डारीले पछिल्लो समयमा आम मानिसहरु पत्रकारहरु सँग डराउने वातावरणकोे सृजना भएको टिप्पणी गरे ।

प्रमुख अतिथि भण्डारीले आम मानिसले सञ्चारकर्मीहरुलाई खोजीखोजी समाचार संप्रेषण गर्न आग्रह गर्नु पर्नेमा पत्रकाहरुको अनावश्यक दबाव, धाक–धम्कि देखाउने प्रवृत्ती हाबी भएकाले पत्रकारहरुसँग डराउने क्रम बढेको साथै पत्रकार र समाज बीचको दुरी बढ्दै गइरहेको बताए ।

भण्डारीले राष्ट्रियरुपमा छाउँने राजनीतिक घटनाक्रमहरु मात्र पत्रकारहरुको प्रमुख समाचार बन्ने बताउँदै स्थानीय स्तरमा लुकेर रहेका आम विषयवस्तुलाई समाचारको बिषय बनाउँन आग्रह गरे ।

कार्यक्रमका अधिकांश वक्ताहरुले प्रेस क्लबले गरेको गतिविधि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सञ्चारकर्मी र सञ्चारगृहको हितमा काम गर्न सुझाव दिए । आफ्ना सदस्यहरुको लेखन स्तर वृद्धी गराउने तथा क्षमता विकास गराउने किसिमका तालिमहरुको व्यवस्था गर्न उनीहरुले माग गरे ।

सो अवसरमा प्रमुख अतिथि भण्डारी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महोन काजी, क्लबका पूर्व अध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लेखक उज्वल प्रसाईं, प्रेस संगठन झापा अध्यक्ष झुलन रेग्मी, शिक्षासेवी विश्व थापालगायतले आफ्नो धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्लबका ३० जना सदस्यहरुलाई टि–सर्ट वितरण गरिएको क्लबका सचिवालय सदस्य विकास देवकोटाले जानकारी दिए । क्लबले विधान अन्तर्गत रही सदस्यता लिनका लागि मेचीनगरका सबै सञ्चारकर्मीहरुमा आग्रहसमेत गरेको छ ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि भण्डारीलाई क्लबको विधानले व्यवस्था गरे बमोजिमको मानार्थ सदस्यता प्रदान गरिएको थियो । क्लबको विधानको अनुसूची ६ को दफा २ मा सञ्चार क्षेत्रमा लामो समय सेवा पुर्याएका समाजिक रुपमा स्थापित सञ्चारकर्मीलाई कार्य समितिको निर्णयबाट मानार्थ सदस्यता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

सो अवसरका क्लबको हालसम्म भएका गतिविधिहरुको बारेमा अध्यक्ष लक्ष्मी उप्रेतीले प्रकाश पारेका थिए भने क्लबकी कोषाध्यक्ष रीता दाहालले क्लबको आर्थिक गविविधिका बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रमका मेचीनगरमा रहेर स्थानीय तथा राष्ट्रियरुपमा पत्रकारीता गरि रहेका सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । क्लवका सदस्य हरिकृष्ण भण्डारीले स्वागत गरेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष उप्रेती र सञ्चालन सचिव जीआर धितालले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...