पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले दोस्रो पटक विघटित प्रतिनिधिसभालाई पुनःस्थापना गरेपछि आज(आइतबार) बस्ने पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी भएको हो ।

पुनःस्थापित प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणमा कार्यसूची सम्पन्न गरिने छ भने त्यसपछिको दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको सचिवालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवा सर्वोच्चको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र संविधानअनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

बालुवाटार स्रोतका अनुसार विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यव्यवस्था समितिको बैठकमा आजै लिएर जाँदैछन् । सो कार्यव्यवस्थाको बैठकले प्रस्तावलाई बैठकमा टेबुल गर्ने निर्णय गरे आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । केही बेरमा नै कार्यव्यवस्था समितिको बैठक बस्दैछ । आजै विश्वासको मत लिने सम्भावना बढेर गएको संसद स्रोतको दावी रहेको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...