आदिवासी रंगशाला स्मृति प्रतिष्ठानले बुझायो प्रधानमन्त्री देउवालाई मागपत्र

 लिम्बुवान न्युज
                       

दमक, ७ साउन । झापाको कमल ५, लखनपुरस्थित निर्माणधिन आदिवासी रंगशाला बनाउने संस्थागत संगठन आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट गरेको छ ।

प्रतिष्ठान समिति सहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रंगशालाको भोगाधिकार तथा वजेट विनीयोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनादर्न शर्मालाई भेट गरि माग पत्र बुझाईएको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताए ।

भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रंगशालाको योजना पूरा गराउन सरकारले सहयोग पुरयाउने आश्वासन दिएको डेलिकेसनमा सहभागी प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताए ।

प्रधानमन्त्री निवास बालुवाटार भेटघाट टोलीमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशव कुमार बुढाथोकी, कांग्रेस झापाका सभापति उद्धव थापा, कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी सुब्बा, माओवादी केन्द्रका १ नम्बर प्रदेशका सदस्य झलकसिं दर्लामी, प्रदेश कमिटी सदस्य गगन पुरी, जनता समाजवादी पार्टी नेपालका नेता खगेन्द्र माखिम, जसपा झापा जिल्ला अध्यक्ष राई, संघीय लिम्बुवान मञ्च, नेपालका उपाध्यक्ष विशेन्द्र चेम्जोङ् लगायतका दलीय प्रतिनिधि तथा प्रतिष्ठानका पदाधिकारीहरुको सहभागिता रहेको थियो । दुई दिन अघि प्रतिष्ठानको दलीय टोली प्रधानमन्त्री र अर्थमन्त्रीसंग भेट गर्न काठमाण्डौ गएको थियो ।

लामो समयदेखि निर्माणाधिन रंगशाला नाममा विवाद झिकेर तत्कालीन नेकपा ओली सरकारले बजेट रोकेको थियो । प्रतिष्ठानलाई वाईपास गरेर एक समिति बनाई मदनभण्डारी रंगशाला बनाउने तर्फ ओली सरकार लागेपछि रंगशाला निर्माण विवादमा आएको थियो । सरकारपरिवर्तनसँगै पुनः निर्माणको लागि प्रतिष्ठान लगायत राजनीतिकदलहरु एकजुट भएको प्रतिष्ठान अध्यक्ष राईले बताए ।

करिब एक हजार आफ्ना पुर्खाहरुको चिहान भत्काएर बनाईने भनिएको रंगशाला आदिवासी नामै मात्र बन्न दिने भनेर आदिवासी जनजाति महासंघ, संघीय लिम्बुवान मञ्च, नेपाल लगायत सरोकारवालाहरुले पटकपटक आन्दोलन गरेका थिए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...