महासंघ झापाले पत्रकारहरुलाई गर्‍यो पुरस्कृत

 लिम्बुवान न्युज
                       

बिर्तामोड, ७ साउन । नेपाल पत्रकार महासंघ झापा शाखाले ओलम्पिक खेलबारेको प्रदेश स्तरीय लेखन प्रतियोगितामा उत्कृष्ट भएका पत्रत्रकारहरुलाई बिहीबार पुरस्कार प्रदान गरेको छ ।

सोही अवसरमा पत्रकार महासंघ प्रदेश नं १ समितिले प्रदेश सरकारको सहयोगमा सञ्चालन गरेको लेखनवृत्तिमा सहभागी पत्रकारहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको छ ।

पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा महासंघको बिर्तामोडस्थित कार्यालयमा भएको कार्यक्रममा प्रमुख अतिथि स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ का संयोजक तथा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष भोजराज सिटौलाले प्रतियोगिताका विजेता पत्रकारलाई पुरस्कार प्रदान गरेका थिए ।

स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ को सहयोगमा महासंघले ओलम्पिक दिवस २०२१ जुन २३ को अवसरमा प्रदेश स्तरीय लेख तथा समाचार लेखन प्रतियोगिता सञ्चालन गरेको थियो ।

प्रतियोगितामा प्रथम हुने इलामका नमिन ढकाललाई ११ हजार रुपैयाँ, द्वितीय हुने ताप्लेजुङका खगेन्द्र अधिकारीलाई सात हजार रुपैयाँ, तृतीय हुने झापाका हिमालचन्द्र खरेललाई पाँच हजार रुपैयाँ र सान्त्वना पुरस्कार पाँचथरका भीम बाँस्कोटालाई तीन हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि सिटौलाले पत्रकारिता क्षेत्रबाट खेलकुदको समग्र विकासमा टेवा पु¥याउन र खेलकुद पत्रकारिता विधामा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न सहयोग गरिएको बताए । उनले पत्रकार महासंघ झापाको साझेदारीमा पुरस्कारको राशी वृद्धि गरी आगामी वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

झापाका १३ जना पत्रकारलाई लेखनवृत्ति प्रदान

कोरोना संक्रमण भई हाल स्वास्थ्य लाभ गरेका झापाका १३ जना पत्रकारलाई महासंघ झापा शाखाको सिफारिसमा महासंघ प्रदेश समितिले लेखनवृत्ति प्रदान गरेको थियो । कोरोनाबारे सचेतना जगाउने तथा कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तथा प्रदेश सरकारले निर्वाह गरेको सकारात्मक भूमिकाबारे आह्वान गरिएको लेखनवृत्तिमा सहभागीहरुलाई प्रोत्साहन स्वरुप जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

लेखनवृत्तिमा सहभागी झापाका पत्रकारहरु भीमा शिवाकोटी, गोपाल काफ्ले, नरेन्द्र ढकाल, राजु अधिकारी, दीपेन्द्र पौडेल, तुलसी निरौला, गौरव पोखरेल, सन्तोष आचार्य, सुव्रत न्यौपाने, पुष्प बराल, विष्णु पौडेल, अनिता भेटवाल र सन्तोष न्यौपानेलाई उक्त रकम प्रदान गरिएको हो ।

कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का सदस्य गोपाल काफ्ले, नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीले शुभकामना व्यक्त गर्दै महासंघको नयाँ नेतृत्वले निर्वाह गरिरहेको अभिभावकीय र संस्थागत भूमिकाप्रति धन्यवाद ज्ञापन गरे । उपाध्यक्ष केशव भट्टराईले स्वागत, उपाध्यक्ष सुशिला संग्रौलाले धन्यवाद ज्ञापन, सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा लेखन प्रतियोगितामा उत्कृष्टहरुको नाम घोषणा सहसचिव तथा सो कार्यक्रमका संयोजक अर्जुन राजवंशीले गरेका थिए ।

महासंघ झापा शाखाका सदस्य स्वर्गीय केशवराज धितालको निधनप्रति गहिरो दुःख र उहाँको आत्माको शान्तिका लागि श्रद्धाञ्जलि अर्पण गर्दै कार्यक्रम शुरु गरिएको थियो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...