टोकियो ओलम्पिकको जापानमा भव्य उद्घाटन

 लिम्बुवान न्युज
                       

काठमाडाैं/ चार पटककी ग्रान्ड स्लाम टेनिस विजेता जापानी खेलाडी नाओमी ओशाकाले दीप प्रज्वलन गरेसँगै २०२० टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको टोली रंगशाला छिरेसँगै उद्घाटन समारोह सुरु भएको थियो । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार हो ।

उद्घाटन समारोहमा कोभिड १९ बाट प्रताडित भएका मानिस तथा १९७२ को म्युनिख ओलम्पिकमा ज्यान गुमाउने ओलम्पियनहरुप्रति सम्मान प्रकट गर्न मौनधारण गरिएको थियो ।

यसपटकको ओलम्पिक उद्घाटन समारोहमा केही सिमित व्यक्तिहरुमात्रै दर्शक दिर्घामा उपस्थित थिए । फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन र अमेरिकी प्रथम महिलालगायत भिभिआईपीसहित केही सिमित पाहुनामात्रै रंगशालामा उपस्थित थिए । ६८ हजार दर्शक क्षमताको यस रंगशालामा सर्वसाधारणलाई भने प्रवेश दिइएको छैन ।

कोरोना भाइरस महामारीका कारण यसरी दर्शकहरुलाई रंगशालाबाहिरै राख्न आयोजक बाध्य भएको हो । टोकियो शहरमा शनिबार १३ सयभन्दा धेरैमा संक्रमण देखिएको थियो । ओलम्पिकसँग सम्बन्धित १ सयभन्दा धेरै व्यक्तिमा संक्रमण देखिएको छ । २४ अगस्टसम्म सञ्चालन हुने ओलम्पिक खेलमा विश्वभरबाट झन्डै ११ हजार खेलाडीहरु सहभागी छन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्स शाह, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरी रहेकी छन् ।

सम्बन्धित समाचार

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...