दमक लगायत झापाका पाँच स्थानीय तहले गर्‍यो निषेधाज्ञा

 लिम्बुवान न्युज
                       

दमक, ११ साउन । दमकमा कोरोना संक्रमण फैलदो क्रममा रहेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि कडा निषेधाज्ञा लागू गरेको छ । शुक्रबार दमक नगरपालिकामा बसेको सर्वपक्षीय भेलाले गरेको निर्णय अनुसार सोमबार विहान ४ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा गरेको हो ।

निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरी कडाईका साथ पालना गर्न सर्वपक्षीय भेलाले छलफलको क्रममा निश्कर्ष निकालेको थियो । अनुमति नलिई अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि नगरपालिकाले भनेको छ ।

यस्तै झापामा पछिल्लो समय कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएपछि जिल्लाका ५ पालिकाहरुले निषेधाज्ञा लागू गरेका छन् । झापाको पन्ध्र पालिकाहरु मध्ये दमकसँगै, कन्काई, विर्तामोड, अर्जुनधारा र बुद्धशान्तिमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा निषेधाज्ञा खुकुलो भएसंगै पछिल्ला समय संक्रमण ह्वात्तै बढ्न थालेपछि पालिकाहरुले अहिले कडाईका साथ निषेधाज्ञा गर्न थालेका हुन् ।

दमकमा पछिल्ला समय संक्रमण ह्वात्तै बढ्दै गएको छ । संक्रमणका कारण दमकका कोभिड विशेष अस्पतालमा विरामी भरिभराउ भएका छन् । गत चैत्र २७ गते देखि शुरु भएको दोस्रो भेरियन्टको कोरोना संक्रमणबाट दमकमा हालसम्म ३८ जनाको निधन भएको छ । त्यसैगरी दमकमा संक्रिय संक्रमित ५०१ जना रहेको छ भने २८२१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । हालसम्म दमकमा २२६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल दमकको कोभिड उपचार केन्द्रमा २८ जना र दमकको आम्दा अस्पतालमा २१ गरी ५१ जनाको उपचार भईरहेको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बिर्तामोडका १८ प्रतिशतलाई संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको नगरप्रमुख ध्रुव शिवाकोटीले बताएका छन् । तर, विर्तामोड नगरपालिकाले निषेधाज्ञा कडाई गर्न खोज्दै गर्दा गुजारा गरी खानेहूलाई गाह्रो हुने भन्दै व्यवसायीहरुले त्यसको विरोध गरेको नगर प्रमुख शिवोकोटीले बताए । बिर्तामोडमा कोरोना संक्रमणका कारण ५३ जनाको मृत्यु भइसकेको छ भने कूल संक्रमितको सँख्या ३ हजार ३६३ पुगेको छ । अहिले ५४९ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा उपचाररत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै, शनिवारदेखि कनकाई नगरपालिकामा एक साताका लागि निषेधज्ञा लागू गरिएको छ । त्यसैगरी बुद्धशान्ति गाउँपालिकाले पनि चारदिन अघिदेखि नै निषेधाज्ञा जारी छ । अर्जुनधारा नगरपालिकाको शनिश्चरे वजारमा पनि स्थानीय सरकारले निषेधाज्ञा गरेको छ ।

दमक नगरपालिकाले जारी गरेकाे बिज्ञप्तिः

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...