कमल २ मा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

केर्खाबजार, ११ साउन। संघीय लिम्बुवान मञ्च, नेपाल कमल गाउँपालिकाको २ नम्बर वडा कमिटी गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा रमेश खड्काको अध्यक्षतामा वडाकमिटी गठन भएको हो ।

सोमबार तोपगाछी समयगढमा भएको वडा गठन कार्यक्रममा प्रथम उपाध्यक्ष चित्र बहादुर गुरुङ –आशिष), उपाध्यक्ष मिनकुमार कार्की, सचिव तिर्थ पोमु, सहसचिव सहवीर राई, अर्थसचिव चन्द्रकला राई, सह–अर्थसचिव हरि श्रेष्ठ, सदस्यहरुमा दिपक भण्डारी, गंगा राई, बासु भण्डारी, कुमार चम्लागाई, देउकुमार आङदेम्बे, सुनिता राई, विजुलीप्रसाद राई रहनु भएको छ । त्यसैगरी सल्लाहकारमा जंगबहादुर कुरुम्बाङ् चयन भएका छन् ।

आजकै उक्त गठन कार्यक्रममा लिम्बुवान भोलेन्टियर्सको सिनियर कमाण्डरमा जितेन राई र प्राइमरी कमाण्डरमा तेज बहादुर राई निर्वाचित भएका छन् ।

कार्यक्रममा मञ्चका उपमहासचिव दिलकुमार लावती, केन्द्रीय सदस्यहरु साजन मोते, सुर्य योक्पाङ्देन, इलाम जिल्ला अध्यक्ष दिपक योङ्हाङ्, लिम्बुवान भोलेन्टियर्स केन्द्रीय उपकमाण्डर बसन्तराज योङहाङ, झापा जिल्ला सदस्य नरेन्द्र लावती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कमल गाउँपालिकाका अध्यक्ष अमर मावोको अध्यक्षतमा भएको थियो ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...