दमक नगरका प्रमुख उपप्रमुखले सरकारी कार्यालय प्रमुखहरुसँग सेवा प्रवाह बारे गरे छलफल

 लिम्बुवान न्युज
                       


दमक, लिम्बुवानखबर । दमक नगरपालिकामा रहेका सरकारी कार्यालयका प्रमुखहरुसंग नगरमा सेवा प्रवाहलाई सहज बनाउने बिषयमा छलफल भएको छ । ईलाका प्रशासन कार्यालय, बिद्युत प्राधिकरण, सडब डिभिजन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसंग ति कार्यालयहरुले प्रबाह गर्ने सेवालाई प्रभाबकारी बनाउने बिषयमा नगर प्रमुख र उप प्रमुखले छलफल गर्नु भएको हो ।

नगर प्रमुख राम थापाको अध्यक्षतामा दमक नगरापालिकामा भएको छलफलमा नगर उप प्रमुख रेगिना भट्टराईले नगरबासीका गुनासाहरु र कार्यालयहरुले सुधार गर्नु पर्ने कुराहरुका बारेमा चर्चा गर्नु भएको थियो ।

वहाँले नागरिकता, पासपोर्ट लिँदा हुने कानुनी प्रक्रियालाई अझ चुस्त बनाउनु पर्ने, बैदेशिक रोजगारीमा जानेहरुलाई सुरक्षित आप्रबासनका बारेमा सचेतना प्रदान गर्नु पर्ने, मालपोत र नापीमा हुने प्रक्रियालाई चुस्त बनाउनु पर्ने, बिद्युतका पोलहरु कतिपय ठाउँमा बाँस गाडेर समेत घर सम्म लैजानु पर्ने अवस्थालाई हटाउनु पर्ने, सडकका खाल्डा खुल्डीहरु पुर्नुपर्ने जस्ता कुराहरुमा बिभागिय कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई जानकारी गराउनु भएको थियो ।

छलफलमा सहभागी कार्यलय प्रमुखहरुले पहिलो पटक स्थानिय तह प्रमुख, उपप्रमुखसंग बसेर सेवा प्रबाहका बिषयमा छलफल भएको भन्दै आगामी दिनमा कार्यालयबाट हुने सेवालाई चुस्त र सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख उमेश पाण्डेले सुरक्षित आप्रबासनका लागी काम गर्ने र मतदाता नामावली सार्न चाहनेहरुका लागी पनि दमकबाटै सेवा दिनको लागी पहल गर्ने बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले शान्ति सुरक्षालाई अझ प्रभाबकारी बनाउने बताउनु भयो भने सडक बिभागका प्रतिनिधिले सडकमा देखिएका खाल्डा खुल्डीलाई तत्काल मर्मत गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

त्यस्तै बिद्युल प्राधिकरण दमक वितरण केन्द्रका प्रमुखले मेनलाईनबाट घर सम्म लैजान बाँसका पोल बनाएका ठाउँमा तत्कालै पोल उपलब्ध गराउने बताउनु भयो ।

दमक नगरका मेयर थापाले सबै कार्यालयका प्रमुखहरुलाई धन्यवाद व्यक्त गर्दै यसरी नै थप कार्यक्रमहरु गर्दै अघि बढ्न र दमक नगरलाई समृद्ध बनाउन सहयोगको अपेक्षा राखेका थिए ।

त्यसैगरी नगरपालीकाका प्रमुख कार्यकारी अधिक्रित शशि राईले काम गर्ने क्रममा देखिएका समस्या समाधानका लागी समय समयमा यसै गरी सामुहिक छलफल गरी सहज बतावरण बनाउने भन्दै नगरबासीलाई सहज सेवा प्रबाह गर्नुनै आफुहरुको पहिलो दायित्व भएको बताउनु भयो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...