दमकमा लिम्बू भाषामा आधारित नाटक “सिमिक्वा” मञ्चन हुने

 लिम्बुवान न्युज
                       


असार २५, चुलाचुली / चुलाचुली रंगमञ्च द्वारा प्रस्तुत नाटक “सिमिक्वा” असार २७ देखि असार ३० गते सम्म झापाको दमक स्थित दमक सभा गृहको पुर्व पट्टि “कदम थिएटर” को हलमा मञ्चन हुने भएको छ ।

लिम्बू समुदायको कथामा आधारित कथालाई सुमन लिङ्देनले नाट्य रुपान्तरण गरेका हुन भने चेतन आङ्थुपो र विक्रम फागो वनेमले परिकल्पना तथा निर्देशन गरेका छन । करिब ४५ मिनेटको अनुमानित समय राखिएको यश नाटक प्रत्येक दिन बेलुका ४ः३० बजे देखि गरि जम्मा ४ दिन ४ वटा शो रहने आयोजकले जानकारी गराएको हो ।

यहि नाटक केही दिन अघि मात्र नेपाल बहुभाषिक नाट्य उत्सव– २०७९ मा समावेश भइ काठमाडौं स्थित कुञ्ज नाटकघरमा मञ्चन भएको थियो । जहाँ विभिन्न भाषाहरुलाई प्रतिनिधित्व गर्ने नेपाल भरिका जम्मा ७ वटा नाटकहरु मञ्चन भएको थियो ।

नाट्य रुपान्तरक लिङ्देन भन्छन,”लोककथा तथा मिथ भनेको चौबाटोमा उभिएको शालिक जस्तै होला। चौ–दिशातर्फ मुहारित मिक्लाजोङ पहाड जस्तै होला।‘ त्यसलाई हेर्ने धेरै कोणहरु, संकेतहरु, आँखाहरु हुन्छन्‘ बिशिस्टता नै बुझाईको फरकपन होला। निर्दिष्ट, निर्देसाङक पनी हो मिथ। सामुदायिक मिथक तथा सारतत्वमा आधारित नाट्यप्रस्तुती हो सिमि;क्वा। लोकमानसको प्रतिकात्मकता रुप के कस्तो रहन्छ त ? ‘ यसको सार प्रस्तुतीकरणमा सानो मेहनत गरेका छौँ। कला तथा नाट्यप्रेमीहरुमा सादर निम्तो भो। बाँकि सुधार, प्रेम, गालीको लागि यहि २७ गतेबाट हामी कदम थिएटरको नाट्यहलमा हुने छौँ। ”

“विश्व व्यापिकरणमा ग्रामीण सौन्दर्यको खोजी” भन्ने मुल नारा रहेको चुलाचुली रंगमञ्चले यसै बर्ष काठमाडौं स्थित राष्ट्रिय नाचघरमा सांस्कृतिक संस्थान र डबली नाटकको संयुक्त आयोजनामा रहेको “बुद्ध थिएटर फेस्टिवल” मा “बुद्ध र भिखारी” नामक नाटक प्रस्तुत गरेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...