प्रदेश सरकारबाट पुरस्कृत हुँदै आङ्थुपो

 लिम्बुवान न्युज
                       


असार २६, चुलाचुली । इलाम जिल्ला चुलाचुलीमा रहेर डेढ दशक भाषा, साहित्य तथा रंगमञ्चमा कृयासिल चेतन आङ्थुपो यस पटकको नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कार –२०७९ बाट पुरस्कृत तथा सम्मानित हुने भएका छन् ।
प्रदेश १ भित्रका भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले प्रत्येक बर्ष स्रष्टाहरुलाई सम्मान गर्ने गरेको छ ।
बचपनदेखि नै लेखन र अभिनयमा रुचि राखेका आङ्थुपोले बिं.सं. २०६० साल देखिनै परम्परागत नाट्य शैलीमा अभिनय गर्दै कक्षा ९ मा अध्ययनरत हुँदै रंगमञ्चीय यात्रा शुरु गरेका थिए ।
उनले “अमर ज्योति“, “आर्दश जीवन“, “मुटुुको ब्यथा“ जस्ता नाटकहरुमा अभिनय गर्दै उनले नाटकलाई अझ नजिक बनाएका थिए ।
चुलाचुलीमा बि.सं २०४२ साल यता देखि नेपाली रंगमञ्चको इतिहास रहेको पाइएता पनि २०६५ सालमा आङ्थुपोद्वारा निर्देशित “परिवर्तन“ नामक पहिलो सडक नाटकबाट चुलाचुलीको भौगोलिक परिवेशमा नाटक क्षेत्रको नयाँ शैली प्रवेश भएको थियो ।
आफू साहित्यको बिद्यार्थी भएता पनि समाजलाई थप मनोरञ्जन प्रदान गर्न श्रब्य दृश्य अन्तर्गत नाटक रोजेको बताउँछन उनी, “म साहित्यको विधार्थी, मलाई जतिवेला श्रव्य सिर्जनाहरुले समाज प्रति अर्थात् गाउँको परिवेशलाई ध्यान आर्कषण नगरेको होकी जस्तो लागेर मैले समाजलाई सजिलो र थप मनोरञ्जन दिने माध्यम खोजे त्यो माध्यम नै थियो –नाटक । मैले नाटक मार्फत समाजलाई हाम्रो कथा अनि कविता सजिलै दृश्य मार्फत बुझाउन सकिने भएकाले नाटक नै रोजे र यहि काम गर्दै आएको हुँ ।”
आङ्थुपो आफू मात्र रंगमञ्चमा रमाएनन उनले सयौं युवा युवतीहरुलाई सपना देखाए अनि रंगमञ्चमा बाँच्न सिकाए । उनले कला मार्फत समाजलाई सधै विकृती र विसङ्गतीको बिरुद्ध सचेत मात्र बनाएनन कुलतमा फसेका युवाहरुलाई सिर्जनशील सम्म बनाउन भ्याए ।
उनी बिं.स. २०६६ सालमा उनी द्वारा निर्देशित बाल श्रमिकहरुको विषयमा “मानेको एउटा देश” नाटक गर्दा, स्थानीय विद्यालयका शिक्षकहरुले नाटकलाई विद्यालयमा प्रतिवन्ध लगाएको सम्झन्छन अनि २०६७ सालमा “आवरणको युग बोल्छ“ नाटक गर्न १२ घण्टा पैदल यात्रा गरेर झापा, मोरङ, इलाम र पाँचथर गरि ४ जिल्ला पुगेको सम्झन्छन् ।

उनी थप्छन “ बिगतले सधै मलाई झक्झक्याइ रहन्छ । राम्रो काम गर्ने उर्जा दिई रहन्छ । “ आवरणको युग बोल्छ“ नाटक प्रदर्शन गरि रहदा झापामा कयौ घण्टा हिरासतमा थुनिएका थियौ । हामिले आफ्नै समूहबाट “नयाँ बाटो नयाँ पाइला” पत्रीका निकाल्ने गर्थ्यौ र दिनभरको तातो घाममा बजार बाट फर्कने मान्छे कुरेर बस्थ्यौ । कतिले ५ रुपैयाँमा किनेर लग्थे र धेरै जसो किन्न मान्दैनथे । उनिहरुलाई हामी “ सक्नु हुन्छ भने पैसा दिनुस सक्नु हुन्न भने फ्री मा लगेर पढिदिनुस“ भनेर दिई पठाउथ्यौ । “
आङ्थुपोकै नेतृत्वमा चुलाचुलीमा अहिलेको नाट्य शैली “ब्लाक बक्स“ भित्र्याइएको थियो । बिं.सं २०७० मंसिर १९ गते उनी द्वारा निर्देशित नाटक “किपोट“ मार्फत चुलाचुलीले नाटकको नयाँ स्वाद चाखेको थियो ।
हाल सम्म आङ्थुपो द्वारा लिखित तथा निर्देशित २ दर्जन भन्दा बढी नाटकहरु मञ्चन भएका छन् । जस मध्ये डेढ दर्जन सडक नाटक रहेका थिए भने किपोट (२०७०), सुुविउ चरी (२०७१), देवाङ्सी राजा (२०७३), खाल्डो (२०७४), माङ्गेना (२०७६) रिठ्ठुु (२०७७) र सिमिक्वा (२०७९) उनी द्वारा लिखित तथा निर्देशित “ब्लाक बक्स“ का स्टेज नाटकहरु थिए ।
जस मध्ये नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिस्ठान द्वारा आयोजित राष्ट्रिय नाटक महोत्सवमा देवांसी राजा (२०७३), खाल्डो (२०७४) र सिमिक्वा (२०७९) छनौटमा परि मञ्चन भएको थियो भने २०७६ मा आयोजित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा “मांगेना“ नाटक मञ्चन भएको थियो ।
“डर्जन मर्डर ग्रुप“ देखि “नयाँ बाटो नया पाइला नाट्य समूह” र हाललाई “चुलाचुली रंगमञ्च“ का संस्थापक अध्यक्ष समेत रहेका आङ्थुपोले विभिन्न म्युजिक भिडियो लगायत “सेवारो बाजे” नामक वेव सिरिज निर्देशन गरिसकेका छन् ।
बि.सं. २०४३ फाल्गुण ५ गते इलामको चुलाचुली ४ स्थित शान्ती चौकमा जन्मिएका आङ्थुपोले साहित्य विदामा विभिन्न संयुक्त कृतिहरु प्रकाशित गरेका छन् भने “नयन प्रीती “ नामक लघु उपन्यास उनको प्रकाशित कृति हो । यससँगै उनी विभिन्न साहित्यिक संस्थाहरुमा समेत आवद्ध रहेका छन् ।
उनी पत्रकारिताको क्षेत्रमा पनि आफ्नो अलग्गै पहिचान बनाइसकेका आङ्थुपो चुलाचुली मिडियाद्वारा सञ्चालित अनलाईन पत्रिकाको सम्पादक समेत रहेका छ्न ।
मण्डला थिएटर नेपाल, काठमाण्डौं बाट २०६४ र २०७५ मा भएको दुई बर्षे नाट्य कोर्स गरेका उनी पन्ध्र दिने आदिवासी फिल्म स्क्रिप्ट लेखन गरेको अनुभव र विभिन्न नाट्य संस्थाहरुसँंग सहकार्यमा काम गरेको लामो अनुभव बताउँछन ।
उनी लगायत प्रदेश नं १ बाट जम्मा १९ जना स्रष्टा पुरस्कृत तथा सम्मानित हुने प्रदेश सरकारले जनाएको छ ।
स्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले नाम छनौट गरेको आधारमा सम्मान गर्न लागिएको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्त्व शाखाले जनाएको छ ।
स्रष्टाहरुलाई नगद राशी सहित सम्मान समारोह भोलि असार २७ गते मंगलबार विराटनगरस्थित आरोहण गुरुकुलमा हुनेछ बताइएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...