दमक नगरको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभई स्थगित

 लिम्बुवान न्युज
                       


दमक, लि.ख. । दमक नगरपालिकाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमसहितको वजेट पारित नभई स्थगित भएको छ । आज अपरान्ह बसेको परिषद बैठकमा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुको विरोधका कारण प्रस्तुत वजेट पारित हुन नसकेको हो । प्रमुख ,उपप्रमुखमा हारेपनि दमकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु बहुमतमा छन् ।
दिउँसो १ वजे बोलाईएको बैठक करिव १ घण्टा पछि २ वजे नगरसभा प्रारम्भ गर्दै सभाध्यक्ष तथा नगर प्रमुख राम कुमार थापाले सभामा नीति तथा कार्यक्रमसहित वजेटको कार्यसूची पेश गरेका थिए । कार्यसूची प्रांरम्भ हुन साथ बहुमतमा रहेका एमालेका जनप्रतिनिधिहरुले विरोधमा उत्रिएका थिए ।
सभाको प्रारम्भमा गत असार १० गते सभामा नगर उप प्रमुख तथा बजेट तर्जुमा समितिकी संयोजक रेगिना भट्टराई प्रसाईले पेश गरेकी बजेट , नीति तथा कार्यक्रममा छलफल शुरु भएको थियो । छलफल अघि नै नगरसभा सदस्यहरुले त्यस सम्बन्धी लिखित रुपमा नगर प्रमुख समक्ष समक्ष सुझाव पेश गरेका थिए । यसका लागि गत असार २० गते सम्मको समय निर्धारण गरिएको थियो ।
त्यसैबेला लिखित सुझाव पेश गरेका सभासद तथा नगरसभामा सहभागी अन्य सभासदहरुले सभामै उभिएर सुझाव पनि राख्न भ्याँए । सभाध्यक्षकै अनुमति पाएपछि नगरसभासदहरु कमल श्रेष्ठ, नरेश बन्जरा, चन्द्रकला विक, ललित बिक, प्रकाश बुढाथोकी र टीकामाया ठटालले आ–आफनो धारणा राखेका थिए ।
सबैका लागि आफ्ना राय र सुझाव राख्न भनेर नगरभादक्ष थापाले ५ मिनेटको समयावधि छुट्याइदिएका थिए । निर्धारित समयसीमामा आफना सुझाव राख्ने क्रममा सदस्य श्रेष्ठले बढी समय लिएपछि सभाध्यक्षको आदेशमा बन्द गराइएको थियो । आफुले लेखेर ल्याएका सुझावहरु नगरसभामा सुनाउन समेत समय नपाएकोमा सदस्य श्रेष्ठले आपत्ति जनाएका थिए । त्यसपछि अन्य सभासदस्यहरुले आ आफ्नो राय पेश गरेका थिए ।
नगरसभामा राय तथा सुझाव पेश भएपछि सभाध्यक्षक्ष्ले बजेट तर्जुमा समितिकी संयोजक तथा उप–प्रमुख भट्टराईलाई रोष्टममा उभिएर बजेट पास गर्ने प्रस्ताव प्रस्तुत गर्न निर्देशन दिए । भट्टराईले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्नका लागि भनेर सभामा पेश गरिन् ।
यसपछि सभाध्यक्षले सभासदहरुलाई बजेट पास गर्न संकेत गरे । बजेट पास गर्दछु भन्नेहरुले हात उठाउँनुस भन्दा सिमित अर्थात कम संख्यामा मात्रै हात उठ्यो । अधिकांसको हात नै उठेन । हुदैन भन्नेले हात उठाउनुस भन्दा सभामा रहेका अधिकांस सभासदस्यहरुले हुदैन भन्ने संकेत गर्न आ आफ्नो ठाउँबाटै उठेका थिए । तर सभाध्यक्ष वजेट पास भएको भनेर घोषणा गरे । सभाको बहुमतले पास नगर्नेमा संकेत गर्दा पनि सभाध्यक्षले जवरजस्ती बजेट पास भएको घोषणा गरेपछि सिटमा बसिरहेका सभासदहरु आफ्नो सिट छोडेर अगाडी आए । सभाध्यक्षको चर्को बिरोध गरे ।
चर्को बिरोध र भनाभन पछि अन्तत सभाध्यक्ष तथा नगर प्रमुख थापाले सोमबारको सभा स्थगित गरेका थिए । सबैको राय र सुझावलाई मध्यनजर गर्दै असार १० गते नगरसभामा पेश गरिएको बजेट, नीति तथा कार्यक्रमलाई परिमार्जन गरि असार २९ गते पूनः नगरसभामा पेश गरिने भनी बैठक स्थगित गरिएको थियो ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...