तेह्रथुम जिल्ला लिम्बुवान, किरात संयुक्त संघर्ष समिति गठन

 लिम्बुवान न्युज
                       

मेयङलुङ, ३० असार / प्रदेश १ को नामकरण पेचिलो बन्दै गर्दा प्रदेश को १४ जिल्लामा जिल्ला स्तरीय लिम्बुवान, किरात संयुक्त संघर्ष समितिहरु धमाधम गठन भैरहेका छन् ।

किरात याक्थुङ चुम्लुङको समन्वयमा भइरहेको विभिन्न पहिचान चाहाने राजनीति दल नागरिक समाज, आम बुद्विजिवी, पत्रकार, जातीय सामाजिक संघसंस्था लगायतको एकीकृत मोर्चा प्रदेश १ को नामकरण पहिचानको आधारमा लिम्बुवान किरात लेखाउने उद्देश्यले गठन भइरहेका छन् ।

यसैगरी आज तेह्रथुमको मेयङलुङमा समेत लिम्बुवान किरात संघर्ष समिति गठन भएको हो । विभिन्न राजनीति दल, पत्रकार, जनजाति अगुवाहरुको भेलाले किरात याक्थुङ चुम्लुङ्का तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङको संयोजकत्वमा ४५ सदस्यीय संघर्ष समिति गठन भएको हो ।

समिति सदस्यहरुमा टीका खवाहाङ लिम्बुवान राष्ट्रिय मुक्ति मो., देवी नारायण सम्बाहाङ्फे संलिम नेपाल, कृष्ण कटुवाल जसपा, राम तुम्बाहाङ्फे नेकपा एस, घनस्याम सावादेन जनमुक्ति पार्टी, झमक खापुङ लोकतान्त्रिक लिम्बू संघ, दिल ब सोदेम्बा लोसपा, रेवत सावादेन किधसाउ संघ, लाल कुमार पंयाङ्गु युमा साम्यो, बलदेव तुम्बाहाङ्फे आज महासंघ, ठाकुर सेने आज पत्रकार महासंघ, बिरेन्द्र पंयाङ्गु लिम्बू पत्रकार संघ, चन्द्र सिङ्घक पोमाथाफे, नारायण मान गुरुङ तमुह्वील छो धी, निरु सेर्पा सेर्पा संघ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा स्याम थाम्देन, भिमराज थेगुवा, प्रेम कुमार सोदेम्बा, सुविन्द्र कुमार थेगुवा, स्वयम् सिङ्जाङ्गो, मान ब तुम्बाहाङ्फे, मन कुमार तुम्खेवा, देवि आङ्बुङ, विर्खनारायण तुम्बाहाङ्फे, राम थेगुवा, लोक ब सिङघक, लोक ब सम्बाहाङ्फे, गणेश लिम्बू सिंजागु, दिपक सोदेम्बा, हर्क राज सम्बाहाङ्फे लगायत रहेका छन् ।

उक्त समितिले आगामी असार ३२ गते सदरमुकाममा व्यापक कोणसभा गर्ने र संघर्ष समितिको श्रावण ५ गते बिराटनगरमा हुने बृहत जनप्रदर्शनमा तेह्रथुमबाट व्यापक सहभागी हुने निर्णय समेत गरेको छ ।

मोरङमा डम्बर कुरुम्बाङकाे संयोजकत्वमा समिति गठन

मोरङ सिरीजंगा सामुदायिक बनको सभाहलमा भएको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको भेलाले डम्बर कुरुम्बाङ लिम्बुको संयोजत्वमा संघर्ष समिति गठन भएको छ । समितिको सदस्यहरुमा चन्द्र पालुङवा, प्रवेश मिभक, ललित बहादुर लिम्बु, प्रेम पयाङ्गु, सन्तोष हुक्पा चोङबाङ, कृष्ण मेन्याङबो, खगेन्द्र थलङ, छत्र चेम्जोङ, नर बहादुर तुम्बाहाङफे, कुमार सुब्बा, मौसम लिम्बु, गंगा साँबा, भवानी लिम्ुब, जीवन खेवा, विशाल तिरुवा र मातृका धिमाल लगायत रहेका छन् ।

यसैगरी ताप्लेजुङ जिल्लामा समेत समिति गठन भएको खबर प्राप्त भएको छ । संघर्ष समितिले नौ जिल्लामा जिल्ला स्तरीय संघर्ष समिति गठन गरेर आगामी साउन ५ गतेको विराटनगर जनप्रदर्शनलाई भव्य बनाउने तयारी शुरु गरेको जनाएको छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...