याक्थुङ् लेखक संघ उपत्यका समितिको प्रथम अधिवेशन सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, ३२ असार ।  याक्थुङ लेखक संघ (यालेस) उपत्यका कार्य समितिको प्रथम अधिवेशनबाट लेखिका शनि लिम्बू अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार कोटेश्वरस्थित होटल रत्नज्योतिमा सम्पन्न अधिवेशनले लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो । नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल आङ्बो, उपाध्यक्ष उत्तम लिम्बू, इन्दु फोम्बो, सचिव मञ्जु थेगिम, सहसचिव संगीन नेम्बाङ र कोषाध्यक्ष मनमाया वनेम निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा संगीता सुहाङ, सुरज मादेन, सुस्मिता लाओती, राजा माबो, चाहना कुगेनाम्बा, सुजन आङदेम्बे र बीरेन्द्र थाम्सुहाङ निर्वाचित भएको नव निर्वाचित वरिष्ठ उपाध्यक्ष सुनिल आङ्बोले बताए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...