बाबुराम भट्टराई नयाँ पार्टी खोल्दैः रेणु यादवले दिई राजीनामा

 लिम्बुवान न्युज
                       


काठमाडौं, लि.ख. । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत् रूपमा फुट्ने भएको छ। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्।
‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव) ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन्।’
काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरू यस्तो निष्कर्षमा पुगेको उनले बताए। ‘केन्द्रीय सदस्यहरूसँगको गम्भीर छलफलपछि आफूहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हौं,’ उनले भने। नयाँ पार्टीको नाम, चुनाव चिह्न, झन्डा, घोषणापत्रबारे शुक्रबारदेखि गम्भीर छलफल सुरु हुने उनको भनाइ छ।
जसपाको ३४ सदस्यीय कार्याकारिणी समितिमा भट्टराईको पक्षमा हिसिला यमी, महेन्द्र यादव, रमेश यादव, डम्मर खतिवडा, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा स्वाब, भक्तबहादुर शाह उभिएका छन्। भट्टराई पक्षले बोलाएको विस्तारित बैठकमा यी नेताहरूको उपस्थिति थियो। नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेकाले आफूहरूसँग कतिजना केन्द्रीय सदस्य छन् भन्ने विषय महत्वपूर्ण विषय नभएको सिंहले भने।
‘पार्टी नै नयाँ खोल्ने भएपछि हामीसँग जसपाका कति केन्द्रीय सदस्यहरू छन् भन्ने विषय ठूलो होइन,’ उनले भने। जसपाको दुवै पक्षले एउटै मितिमा छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा औपचारिक रूपमै फुटको अवस्थामा पुगेको हो। दुवै पक्षले आफूले बोलाएको बैठक पार्टीको आधिकारिक भएको र अर्को पक्षले बोलाएको बैठक गुटको बैठक भएको दाबी गर्दै आएका छन्।
कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवको कारण जसपामा फुट आएको भट्टराई पक्षधर नेताहरूको भनाइ छ। ‘हामी जसपालाई झनै बलियो बनाउन चाहन्थ्यौं तर कार्यकारिणी अध्यक्षका कारण पार्टी फुटको अवस्थामा पुगेको हो,’ सिंहले भने, ‘कार्यकारिणी अध्यक्षज्यूको चाहना नै पार्टी फुटोस् भन्ने थियो।’
संविधानसभाबाट २०७२ असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलगिएका भट्टराईले २०७३ जेठमा नयाँ शक्ति नेपाल घोषणा गरेका थिए। २०७६ वैशाख २३ गते संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्दै समाजवादी पार्टी नेपाल गठन गरेका थिए। २०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई जसपा गठन भएको उक्त दल २०७८ असार २२ गते फेरि विभाजित भएको थियो।
महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए। लोसपा गठनपछि भट्टराई जसपाका संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा छिन्। तर अहिले यादव र भट्टराईबीच विवाद उत्कर्षमा पुग्दा उनले फेरि नयाँ बाटो समाउनुपर्ने अवस्था आएको छ।

रेणुले दिइन् राजीनामा


जसपाकी कार्यकारिणी समिति सदस्य तथा केन्द्रीय सदस्य रेणु यादवले पदीय जिम्मेवारीबाट राजीनामा दिएकी छन्। उनले बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चिठी लेखेर आफूले पदीय जिम्मेवारीबाट राजीनामा दिएको बताएकी हुन्। आफ्नो व्यक्तिगत कारणबाट पदीय जिम्मेवारीबाट अलग भएको उनको भनाइ छ।
‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेको हुनाले मैले यस जसपासँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,’ अध्यक्ष यादवलाई पठाइएको चिठीमा उनले भनेकी छन्, ‘तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँछु।’ रेणुनिकट स्रोतका अनुसार जसपाले मन्त्री फेरेपछि उनी कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट थिइन्।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...