लिम्बुवान, किरात प्रदेश नामाकरणको माग राख्दै जिल्लाहरुमा कोणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       


दमक, ४ असार । प्रदेश नं. १ को नाम लिम्बुुवान, किरात प्रदेश राख्नुपर्ने माग राख्दै लिम्बुुवान, किरात संयुक्त सघर्ष समितिले विभिन्न जिल्लाहरुमा कोणसभा गरेको छ ।
जिल्ला संघर्ष समिति झापाले झापाको सदरमुकाम चन्द्रगढीमा मंगलबार प्रदर्शन गरेको छ । प्रदेश नम्बर एकलाई पहिचानका आधारमा लिम्बुुवान नामाकरण गरिनुुपर्ने नत्र प्रदेशमा आन्दोलनको आधिवेहेरी ल्याइने भन्दै लिम्बुुवान क्षेत्रका नेताहरु सङघर्ष समितिका संयोजक सेसेहाङ फियाक, किरात याक्थुुङ चुुम्लुुङका सचिव इक्साहाङ चेम्जोङ, लिम्बुुवान मञ्चका उपाध्यक्ष विष्णु भट्टराई, जसपा सम्बद्ध लिम्बुवान प्रदेश समिति मुख्य सचिव केदार धिमाल, मञ्चका प्रदेश सचिव भवी तुम्सा, जसपा नेता ओम प्रकाश खापुङ, लिम्बुवान मञ्चका जिल्ला ब. उपाध्यक्ष अमित खम्बु लगायातले प्रदेशको नामाकरण गर्दा लिम्बुवान किरात राख्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी तेह्रथुमको म्याङलुङमा पनि लिम्बुवान किरात संयुक्त संघर्ष समिति तेह्रथुमले प्रदेश नम्वर १ को नाम लिम्वुवान किरात हुनुपर्ने भन्दै कोण सभा गरेको छ ।
प्रदेश न. १ को नामाकरण गर्दा लिम्वुवान, किरात नाम राख्नु पर्ने नभए प्रदेशमा आन्दोलनको थप कार्यक्रमहरु अलि शसक्त हुने संघर्ष समितिका कार्यदल सदस्य दिलकुमार लावतीले बताए । उनले विभिन्न ३२ वटा घटकहरुको समर्थ सहित बनेको समितिले नामाकरण सुनिश्चित नभएसम्म निरन्तर आन्दोलन गर्ने समेत चेतावनी दिए ।
यसैगरी कियाचु तेह्रथुम अध्यक्ष समेत रहेको सेसेहाङ लिम्बुले लिम्बुवान, किरात प्रदेश नाम नामाकरण नगरे आन्दोलन गरेर आगो वाल्ने किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ लिम्वुले बताउनुभयो । विश्वभरीका आदिवासीहरु आ–आफ्नो पुख्र्यौली भुमि र यसको नामाकरणको लागि धेरै समय अघि देखि आन्दोलन गरिरहेका छन् ।
यसै सन्दर्भमा प्रदेश नम्वर १ को नाम पनि पहिचानको आधारमा लिम्वुवान किरात हुनुपर्ने किरात याक्थुङ चुम्लुङ प्रदेश नम्वर १ का उपाध्यक्ष टंकमाया लिम्वुले बताउनुभयो ।
संघर्ष समिति तेह्रथुमले म्याङलुङको लोकतान्त्रिक चोकमा भेला भएर प्रदेश नम्वर १ को नाम लिम्वुवान किरात राख्नुपर्ने नारा लगाउदै बशपार्कमा कोणसभा गरेको थियो ।
कार्यक्रमको अवसरमा राम तुम्बाहाम्फे, टँकमायाँ लिम्बु, नारायणमान गुरुङ, घनश्याम सावांदेन, लालकुमार पयाङगु, कृण्ण कटुवाल, देविनारायण सम्बाहाम्फे, तेजमान कन्दङ्वा लगायतले प्रदेश १ को नाम लिम्बुवान किरात राख्नु पर्ने धारणा राखेका थिए ।

यसैगरी मोरङको पथरीमा पनि संघर्ष समितिले कोणसभाको आयोजनामा सम्पन्न गरेको छ । साथै पान्थर जिल्लामा कियाचू प्रदेश अध्यक्ष मधुराज केरुङ, मुख्य सचिव नरेन्द्रराज केरुङ लगायतको उपस्थितिमा कोणसभा सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...