द्रौपदी मुर्मू बनिन् भारतको पहिलो आदिवासी राष्ट्रपति

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर संवाददाता । द्रौपदी मुर्मू भारतको पहिलो आदिवासी राष्ट्रपति निर्वाचित भएकी छन् । एनडीएकी मूर्मुले विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएकी हुन् ।

भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत मूल्य हुन्छ । कुनै पनि उम्मेदवारलाई जितका लागि ५ लाख ४३ हजार १२६ मत मूल्य चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत मूल्य कटाएकी थिइन् ।

उनका प्रतिस्पर्धी सिन्हाले हार स्वीकार गर्दै मुर्मूलाई जितका लागि बधाइ दिएका छन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू भारतको दोस्रो महिला राष्ट्रपति बनेकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको शपथ लिनेछिन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...