जनमुक्तिद्वारा चुनाव प्रणाली पूर्णसमानुपातिक हुने पर्नेमा जोड : थ्रेसहोल्ड हटाउनु पर्ने माग

 लिम्बुवान न्युज
                       


लिम्बुवानखबर संवाददाता । राष्ट्रिय जनमुक्ति पार्टीले मुलुक श्रीलंकाको बाटोमा लागेको भन्दै चिन्ता ब्यक्त गरेको छ । साउन ५ गते देखि ७ गतेसम्म रुपन्देहीको मंगलापूरमा सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव टोप अस्लामीले मुलुक श्रीलंकाको बाटोतर्फ लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
मुलुक श्रीलंकाको बाटोमा लागेको भन्दै झ्याली पिट्नुको साटो त्यसलाई रोक्नेतर्फ आवश्यक कदम चाल्नुपर्ने उनको भनाई छ । भ्रष्टाचारकै कारण मुलुक आर्थिक संकटमा फस्न लागेको भन्दै महासचिव अस्लामीले भ्रष्टाचारलाई राज्यद्रोह सरहको अपराध मानेर सर्वस्वसहित जन्मकैदको सजाय हुने ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।
स्थानीय तहको निर्वाचनको समिक्षा गर्नुका साथै बैठकले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई नयाँ बैकल्पिक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने बिषयमा ब्यापक छलफल भएको महासचिव अस्लामीले बताए ।
बैठकबाट आगामी संसदीय निर्वाचनमा जनमुक्तिलाई संस्थागत शक्ति बनाउनका लागि ५ आधार तयार पारिएको पार्टीले जनाएको छ । नयाँ बैकल्पिक शक्तिको रुपमा उदाउनका लागि ५ आधार प्रस्तुत गर्दै निर्णय गरेको छ ।
नियन्त्रण बाहिरको भ्रष्टाचार, परनिर्भर राष्ट्रिय अर्थतन्त्र, चरम व्यापार घाटाको अवस्था, स्वदेशमा रोजगारको अवस्था नगण्य, असंलग्न परराष्ट्र नीतिमाथि प्रहार, कमजोर अनि निरीह बनाईएको राष्ट्रिय अडान र श्रीलङ्काको बाटोमा अर्थतन्त्र ओरालो लाग्नु देशको जल्दोबल्दो समस्या बनेको यी र यस्ता समस्या समाधानको लागि वैकल्पिक राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक रहेको बैठकको निष्कर्ष रहेको महासचिब अस्लामीले बताए ।
प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि मित्र शक्तिहरुसँग सहकार्य आवश्यक रहेको भन्दै बैठकले जल्दोबल्दो राष्ट्रिय समस्या समाधानका लागि पार्टीले आफ्नै जोडबलमा पनि अभियान÷आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
यस्तै भ्रष्टाचार र खर्चिलो निर्वाचन रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिदै बैठकले आगामी निर्वाचनका लागि विदेशमा रहेका नेपालीहरुका हकमा इ–भोटिङ्ग को व्यवस्था गर्न माग गरिएको छ ।
थ्रेसहोल्ड राजनीतिक निषेधको हतियार र लोकतन्त्र विरोधी व्यवस्था भएको भन्दै बैठकले उक्त प्रावधान हटाउन पनि माग गरेको छ । अमेरिकी सरकारलाई एसपीपी सम्झौता अस्वीकार गरेको विषयमा तत्काल पत्राचार गर्न समेत जनमुक्तिको माग छ ।
यस्तै आगामी निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनका लागि पार्टी अध्यक्ष–कार्यकारी अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी पदेन सदस्य र प्रदेश अध्यक्ष तथा जनसंगठनका केन्द्रीय अध्यक्षहरु आमन्त्रित सदस्य रहने गरी निर्वाचन निर्देशक समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले पार्टीका विभिन्न विभाग ईन्चार्ज समेत तोकेको छ । पार्टीको संगठन विभाग प्रमुखमा महासचिव टोप अस्लामी (प्रमुख), सदस्यहरुमा क्रमशः सचिव मोजीव अली, सचिव गजेन्द्र आङ्बुहाङ्ग, संघीय परिषद सदस्यहरु क्रमशः धनी आले, राम इक्बाल मण्डल, लक्ष्मण पुन, टीपु सुल्तान, र जीवनपति श्रेष्ठ रहेका छन् ।
यस्तै प्रशिक्षण विभागमा उपाध्यक्ष विदु प्रकाश कायस्थ (प्रमुख), सदस्यहरुमा क्रमशः उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव पूर्ण ब. राना र संघीय परिषद सदस्यहरु क्रमशः अधिवक्ता बालिशोर राना रहेका छन् ।
प्रचार विभागमा उपाध्यक्ष बलदीप राई (प्रमुख), सदस्यहरुमा क्रमशः उपमहासचिव विष्णु थाम्देन, सचिव गीता सारु, सचिव गजेन्द्र आङ्बुहाङ्ग, सचिव मोजीव अली, संघीय परिषद सदस्यहरु क्रमशः राम इक्बाल मण्डल, मधु राना, टीपु सुल्तान रहेका छन् भने अर्थ विभागमा कोषाध्यक्ष मान ब. राई (प्रमुख), डिके सूर्यवंशी (उपप्रमुख), सदस्यहरुमा संघीय परिषद सदस्यहरु क्रमशः अशोक पुन, मोहन तिमिल्सेना, धन बहादुर गुरुङ्ग, अरमान अन्सारी, कलावती पुन रहेका छन् ।
त्यस्तै अनुशासन विभागमा उपाध्यक्ष हाजी डा. मोहम्मद हसन (प्रमुख), उपाध्यक्ष भीम ब. राना (उपप्रमुख), सदस्यहरुमा संघीय परिषद सदस्यहरु क्रमशः हरिदेव थापा, अशोक पुन, ज्ञान ब. गुरुङ्ग, जनसंगठन विभागमा उपाध्यक्ष रविन्द्र उच्च नेपाली (प्रमुख), उपाध्यक्ष मनीराम चौलागाई (उपप्रमुख) रहका छन् ।
संघीय परिषदका वरिष्ठ सदस्य हस्त ब. थापालाई संघीय महासभाका लागि ईञ्चार्ज तोकिएको छ । संघीय महासभा सदस्य केहर सिंह राना (नवलपरासी सुस्ता पूर्व) र बल बहादुर राना (बाँके) लाई संघीय परिषद सदस्यमा मनोनयन गरिएको जनाइएको छ ।
पार्टीका संघीय परिषद सचिव गीता सारूको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...