लिम्बुवान, किरात प्रदेश नभए प्रदेश १ मा आन्दोलन नरोक्ने चेतावनी

 लिम्बुवान न्युज
                       


बिराटनगर, १० साउन । यतिवेला प्रदेश नं. १ को नामाकरणको सवालमा आन्दोलन चर्किएको छ । ७ वटा प्रदेश मध्ये अब प्रदेश नं. १ को नामाकरण हुन बाँकी रहँदा प्रदेश सरकारलाई नाम राख्ने चुनौती थपिएको छ ।

प्रदेशको नाम भूगोल कि पहिचान या बहुपहिचान भन्नेमा दलहरु विभाजित हुँदा प्रदेश नामाकरण पेचिलो बन्दै गएको छ । लामो समय देखि प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्छ भनेर लिम्बुवान आन्दोलन चलिरहँदा यतिबेला प्रदेशको नाम लिम्बुवान, किरात प्रदेश राख्नु पर्ने माग राख्दै लिम्बुवान, किरात संयुक्त संघर्ष समिति ३५ वटा विभिन्न राजनीतिक दल र संघसंस्थाहरु एकजुट भई आन्दोलित भएका छन् ।

साउन ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अघि धर्ना र ¥याली सहित प्रदेश संसद सचिवालय भवनमा समेत प्रदर्शन गर्दै कोणसभा गरेको संघर्ष समितिले मंगलबार संसद सचिवालय अघि धर्ना दिएको छ । संघर्ष समितिका नेताहरूले प्रदेशकाे नाम लिम्बुवान, किरात नभए आन्दोलन नराेक्ने चेतावनी समेत दिएका छन् ।

धर्ना कार्यक्रममा बरिष्ठ पत्रकार तथा लिम्बुवान अभियन्ता भवानी बरालले लिम्बुवान, किरात प्रदेश नामाकरण नभएमा स्थायी शान्ति नहुने बताए । ऐतिहासिक थातथलोको आधारमा लिम्बुवान हुनुपर्ने जिकीर गर्दै बरालले १४ वटा जिल्लालाई एउटै प्रदेश बनाएपछि लिम्बुवान, किरातको विकल्प नभएको बताए ।

बरिष्ठ पत्रकार बरालले हामी सडकमा रहरले आएको होइन राजनीतिक बिज्ञानले, राजनितिक भाषाले, राजनितिक पहिचानले गर्दा आएको बताए । उनले भने, ‘हामीलाई सडक प्यारो लाग्छ । हामीलाई पहिचान सहितको लिम्बूवान, किरात चाहिन्छ ।’

सामाजिक अभियन्ता विक्रम वनेमले ‘प्रदेश १ को नामाकरण लिम्बूवान, किरात हुन सक्दैन भने अरु केहि केहिपनि हुन सक्दैन ।’ उनले भने, ‘हामीले कहिले सम्म अधिकार मागि रहने, अवत माग्ने होइन, लिम्बूवानको कित्ता काट गर्नुपर्छ ।’ उनले भने, ‘प्रदेश १ को नामाकरण लिम्बूवान, किरात भएन भने मर्न र मार्न पनि तयार छौं । भोलि लिम्बूवान किरात हुन सकेन भने हाम्रो साथमा बन्दुक पनि हुन सक्छ ।’ वनेमले भने, ‘यो मुलुकलाई लिम्बूवान चाहिन्दैन भने, लिम्बूवानलाई पनि यो मुलुक चाहिदैन ।’

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ्ले प्रदेश नं. १ को नाम सर्वसहमतिमा पहिचानको आधार लिम्बुवान, किरात नभए आत्मादाह गर्न समेत पछि नपर्ने बताए । हिजो देखि उठेको लिम्बुवान, किरातको आन्दोलनलाई छलफल बहस नगरी ठूला दल एमाले, कांग्रेसहरुले लिम्बुवानको कुरालाई सम्बोधन नगरी कोशी, सगरमाथाको गन्ध आईरहेको छ यसमा हाम्रो आपत्ति रहेको छ । उनले भने, लिम्बुवान र किरात उठाउँदा जातिय गन्ध दिने कार्य तत्काल बन्द पर्छ ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य जेन्टल लावती, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका कमलसिंग योञ्जन, लिम्बुवान मञ्चका प्रान्तीय उपाध्यक्ष विष्णुमाया भट्टराई लगायतका बक्ताहरुले आ–आफ्ना विचारहरु व्यक्त गरेका थिए भने युवा कवि साङ्सेन पन्धाकले पहिचानवादी चोटिला कविता वाचन गरेका थिए ।

भूगोल र पहिचानको चेपुवामा परेको प्रदेश १ को नामाकरणको विषयलाई लिएर पछिल्लो समय पहिचानवादी विभिन्न सङ्गठनहरुले दैनिक जस्तो सडक आन्दोलन गरिरहेको बेला प्रदेश १ को नाम लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै लिम्बुवान किरात संयुक्त सङ्घर्ष समितिले प्रदेश सभा अगाडि जातीय भेषभूषा सहित धान नाच, केलाङ (च्याब्रुङ) नाचेर प्रदर्शनी गरेका छन् ।

प्रदेश १ को नामकरण लिम्बुवान, किरात प्रदेश राख्नु पर्ने माग राख्दै एक बर्ष अघि किरात याक्थुङ चुम्लुङको समन्वयमा बनेको विभिन्न ३५ वटा राजनीतिक दल, संघसंस्थाहरु सम्मीलित समितिले साझा मुद्दाको रुपमा लिम्बुवान, किरात हुनु पर्ने अडान राख्दै मंगलबार धर्ना कार्यक्रमको आयोजना गरेको हो ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...