६ दलीय गठबन्धन निरन्तर रहने मन्त्री चौधरीको दावीः विकास निर्माणको बजेटमा निरन्तर रहने प्रतिबद्धता

 लिम्बुवान न्युज
                       


दमक, १३ साउन । शहरी बिकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणी चौधरीले पाँच दलीय गठबन्धन आगामी निर्वाचन सम्ममा ६ दलीय गठबन्धनका रुपमा बिकास हुने बताएका छन । लोकतान्त्रिक समाजवादी पार्टी समेत यो गठबन्धनमा आवद्ध भएर निर्वाचनमा जाने उनको भनाई छ ।
झापाको दमक र आसपासकमलका महत्वपूर्ण योजनाहरुको स्थलगत निरिक्षणपछि समाजवादी प्रेस संगठन झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री चौधरीले यो गठबन्धन यो निर्वाचनमा मात्रै नभएर अरु १०/ १५ बर्ष सम्म पनि जान सक्ने दाबी गरे ।
संघ र प्रदेशको आगामी निर्वाचन मसिंर वा फागुनमा हुन सक्ने पनि मन्त्री चौधरीले संकेत गरे ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चलेको एकीकरण सम्बन्धिको चर्चाले दलीय गठबन्धनमा नकारात्मक असर नपार्ने उनको स्पोष्टोक्ति छ । संसदीय व्यवस्थालाई कायम राख्न पनि केपी ओली नेतृत्वको एमाले इतरमा रहेका अन्य दलहरु एक ठाउँमा उभिनु पर्नेे अवस्था आएको उल्लेख गरे ।
उनले नेकपा एमाले पनि तत्कालिन अवस्थामा अन्य ८/९ दलसंगको सहकार्यबाट मात्रै ठुलो दलका रुपमा स्थापित भएको स्मरण गर्दै मन्त्री चौधरीले एमाले अध्यक्ष ओलीले कार्यकर्ता र आफना सांसदहरुलाई समेत ढाँटेर एक्लै ठुलो पार्टी बनेको नेर भ्रम छरेको टिप्पणी गरे । उनले अब ओलीलाई सबैभन्दा धेरै ढाँटने व्यक्तिको रुपमा नयाँ उपाधि दिनु पर्ने भनि ब्यंग्य पनि गरे ।
मन्त्री चौधरीले दमकमा निर्माणाधिन दमक भ्यू टावरलाई यहाँको मनोविज्ञान र यहाँका नागरिकहरुको आवाजलाई समेत सम्बोधन गर्दै विजनेश कम्प्लेक्सको रुपमा स्थापित गर्ने प्रकृया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन गरिने बताए ।
मन्त्री चौधरीले आजै सो योजनासंगै दमकमा फाल्गुनन्द सभा गृहका रुपमा शिलान्यास भई परिवर्तन गरिएको दमक सभा गृह, दमक १० स्थित इन्द्रेणी ताल र कमल गाउँपालिका वडा नं ५ मा नामाकंन सम्बन्धि विवादका कारण लामो समयदेखि बन्न नसकेको आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माणस्थलको समेत स्थलगत निरिक्षण गरेका थिए । उनले ति संगै यहाँ बजेट नपरेका दर्जन बढी योजनाहरुमा बजेटको बन्दोबस्ती गरेर कुनै न कुनै रुपमा ति योजनाहरुको निरन्तरताका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...