झापामा लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया

 लिम्बुवान न्युज
                       


विर्तामोड, १५ साउन । झापाको विर्तामोडमा प्रदेश नं. १ को नामाकरण सन्दर्भमा अन्तरक्रिया कार्यक्रम भएको छ । प्रदेशको नामाकरण पेचिलो बन्दै गएको समयमा शनिबार झापामा प्रदेश नं. १ को नामाङकन लिम्बुवान, किरात प्रदेश विषयक अन्तरक्रिया कार्यक्रम भएको हो ।
लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापा जिल्लाको संयोजनमा विर्तामोडस्थित होटल विनायकमा सम्पन्न भएको हो । कार्यक्रममा संघर्ष समितिमा आबद्ध राजनैतिक दल, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आफ्नो भनाई राख्नुहुँदै पहिचानवादी नेता तथा राष्ट्रिय जनजाती पार्टीका वरिष्ठ नेता, किरात याक्थुङ् चुम्लुङ् झापाका सल्लाकार कृष्ण थेबे र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय महासचिव तथा संघर्ष समितिका कार्यदल सदस्य दिलकुमार लावती, नागरिक समाज विक्रम वनेम, किरात याक्थुङ चुम्लुङ प्रदेश सचिव इक्साहाङ् चेम्जोङ्, जसपाका नेता तथा पूर्व कियाचु झापा अध्यक्ष भक्त खेवाङ, लिम्बुवानमा प्रान्तीय उपाध्यक्ष विष्णुमाया भट्टराई, याक्थुङ लेखक मञ्चका संगम सुहाङ र साङसेन पन्धाक लगायतले प्रदेश न.ं १ को नाम लिम्बुवान किरात प्रदेश घोषणा हुनुको विकल्प नरहेको बताउनुहुँदै ३५ घटक रहेको संघर्ष समितिले लिम्बुवान र किरात भूमिको ऐतिहासिक पृष्ठभूमिको वारेमा ऐतिहासिक कुराहरु प्रष्ट पार्दै यहाँ रहेका अन्य सबै जातीय संघ संस्था, किरात राई यायोक्खालाई समेत समेटर लिम्बुवान र खम्बुवानवासीहहरू एक भएर प्रदेशको नामाकरणको सम्बन्धमा आवाज उठाउनु पर्नेमा जोड दिएका छन् ।

उनीहरुले संघर्ष समितिले साउन १७ गते देखि गर्ने धर्ना कार्यक्रममा सबै सहभागिताको लागि समेत आव्हान गर्दै अबको आन्दोलन शसक्त र अलि आक्रोशित हुने भन्दै नामाकरण सम्बन्धी निर्णायक आन्दोलनमा स्वतस्फूर्त सहभागी बन्न अनुरोध गरेका छन् । वक्ताहरुले गत साउन ५ र १० गतेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अब अन्य कार्यक्रमहरुमा थप एकजुट भई अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

साथै प्रचारप्रसारमा कमी हुन नदिन संचारकर्मीहरुलाई समाचार संकलनको लागि समेत अनुरोध गर्नु पर्ने र संचारमाध्यमबाट पनि आन्दोलनलाई अघि बढाउन प्रेरित हुने वक्ताहरुले बताए ।

संयुक्त संघर्ष समिति झापाका संयोजक सेसेहाङ् फियाक लिम्बुको अध्यक्षतामा कार्यक्रमको आयोजना भएको छ । कार्यक्रमलाई संघर्ष समितिका सचिव ओमप्रकाश खापुङले संचालन गरेका थिए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रान्तिय सचिव सन्तोष तुम्वापो, संघीय सदस्य दिपक योङ्हाङ्, झापा जिल्ला उपाध्यक्ष अमित खम्बु, विशसताक्षी नगर अध्यक्ष विचारी लावती, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कनदङ्वा, कियाचु अर्जुनधारा नगर अध्यक्ष तिलसिं माङ्मु, कियाचु जिल्ला पदाधिकारी, सदस्यहरु, वडा पदाधिकारी, सदस्यहरु, संयुक्त संघर्ष समितिमा आबद्ध दलीय प्रतिनिधिहरुले लिम्बुवान, किरात प्रदेश नामाङ्कनको आन्दोलनलाई सफल बनाउनुपर्ने कुरामा जोड दिए ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...