शहीद लाजेहाङको सम्मानमा प्रतिष्ठान गठन

,   लिम्बुवान न्युज
                       


दमक, २९ असार । पहिचान आन्दोलनका क्रममा राष्ट्रिय शहीद भएका पदम कुमार लिम्बु (सुक्वा) लाजेहाङको सम्मानमा प्रतिष्ठान गठन भएको छ ।

विहिबार मोरङको बेलबारी ३ टुक्रे चोकस्थित किरात याक्थुङ चुम्लुङ नगर शाखा समितिद्धारा संरक्षित धार्मिक वनमा शहिद लाजेहाङ सुक्वाबा स्मृति प्रतिष्ठान जीवन खेवाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रकुमारी लिम्बू, उपाध्यक्षमा क्रमशः डम्बर कुरुम्बाङ, देउमान पंधाक,सचिवमा विजय सिङ्जाङ्गो,सह–सचिवमा कृष्ण मेन्याङबो र कोषाध्यक्षमा राजेश हुक्पा चोङबाङ चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा क्रमशः पवित्र सुक्वाबा लिम्बू (शहिद परिवार), राजु चोङबाङ, अरुणा निङलेकु, रुकमिणि धिमाल, हरिराज खिम्दिङ र राज कुमार खुदाङ रहेको छ ।

यसरी नै दिलु लिङदेनको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार सदस्यहरुमा क्रमशः बंम बहादुर मेन्याङबो, कुमार वोखिम, जोग बहादुर तुम्बाहाङफे, गोपाल बराइली, गणेश मिभक र गंगामान लिम्बू रहेको सल्लाहकार सदस्य मिभकले जनाएका छन् ।

बैठक जेष्ठ नागरिक बंम बहादुर मेन्याङबोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;