मञ्चले नयाँ सदस्यता छानबिन र नवीकरणको काम एक हप्तामा सक्ने

 लिम्बुवान न्युज
                       

दमक/पत्रकार मञ्च दमक झापाले नयाँ सदस्यता छानबिन र नवीकरणको काम एक हप्ताभित्र टुङ्ग्याउने भएको छ ।

मञ्चका अध्यक्ष कमन देवानको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले नयाँ सदस्यताका लागि माग भए बमोजिकका आवेदनमाथि आवश्यक छानबिन गरी सदस्यताका लागि सिफारिस गर्न मञ्चका सचिव उमानाथ भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

सदस्यहरुमा कार्य समिति सह–सचिव धनबहादुर थेबे र कार्य समिति सदस्य गंगामाया बेघा रहका छन् ।

समितिले परेका आवेदनमाथि आवश्यक छानबिन गरी शुक्रबारसम्ममा नयाँ सदस्यताका लागि सिफारिस गर्ने छन् ।

त्यस्तै सदस्यता नवीकरणका लागि समेत मञ्चले सदस्यहरुलाई आह्वान गर्ने निर्णय भएको मञ्चका उपाध्यक्ष गीता ढुङ्गानाले जानकारी दिइन् । ‘हामी संस्थाका आन्तरिक व्यवस्थापनका कार्यहरु सकेर छिट्टै १३ औँ वार्षिक साधारण सभाको तयारीमा लाग्छौं’, उनले भनिन् ।

मञ्च झापाकाे माइ पश्चिममा कृयासिल रहेका पत्रकारहरूकाे साझा संस्था हाे ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...