झापामा पहिचानको लागि युवा दस्ता गठन हुने

 लिम्बुवान न्युज
                       

सिसेक्पा तङ्नाममा कोशी नाम खारेजीको आन्दोलन नरोकिने उद्घोष

दमक, २ साउन । आदिवासी जनजातिहरुको सांस्कृतिक पर्व सिसेक्पा तङ्नाम–५०८३ (साउने संक्रान्ती–२०८०) झापाको विर्तामोडस्थित मुक्ति चोकमा मनाउँदै पहिचानवादीहरुले प्रदेशको नाम कोशी खारेजीको आन्दोलन नरोकिने यद्घोष गरेका छन् । सोमबार साउन १ गते आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरुले सो कुरा वताएका हुन् ।

यसरी नै आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको लागि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले सबै जिल्लाहरुमा पहिचानको लागि युवा दस्ता गठन गरिरहेको हुँदा झापामा पनि केहि दिनपछि गठन हुने कार्यक्रममा सहभागी किराचू झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले बताए छन् ।

प्रदेश न.ं १ को नाम गत फागुनमा प्रदेश सभाले कोशी प्रदेश नामकरण गरेदेखि निरन्तर रुपमा चल्दै आएको आन्दोलनको विभिन्न स्वरुपहरुमध्ये विभिन्न पर्वहरुमा पनि कोशी खारेजीको आन्दोलनलाई पहिचानवादीहरुले सशक्त बनाउँदे आएका छन् । यसै क्रममा झापामा पनि सिसेक्पा तङ्नामको अवसरमा आन्दोलनको वारेमा चर्चा गरिएको वक्ताहरुले व्यक्त गरेका हुन् ।

किरात याक्थुङ् चुम्लुङको संयोजनमा केलाःङ, या?लाःङ, येबा लाःङ् , माङ् लाःङ् र किरात राई यायोख्खाको संयोजनमा साकेला नाचको बृहत संयोजन गरी विर्तामोडको शहर, मुख्य केन्द्र मुक्ति लगायत स्थानहरुमा परिक्रमागरी कोण सभामा परिणत गरिएको थियो ।

प्रदेशको नाम कोशी खारेज गर, प्रदेशको नाम कोशी मान्दैनौं, पहिचान विरोधी होसियार, सहिद लाजेहाङ् अमर रहुन् भन्ने नाराका साथ चौक परिक्रमा गरी कोण सभामा परिणत भएको र्यालीमा आ–आफ्नो भेषभूषामा सजिएका सांस्कृतिप्रेमीहरु हजारौंको उपस्थिति रहेको थियो ।

प्रदेश न.ं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति अर्जुनधारा झापाका संयोजक येहाङ् लावुङ् लिम्बूको सभापतित्वमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा प्रदेश न.ं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाका संयोजक पाण्डवलाल चौधरी, किरात राई यायोख्खा झापाका बरिष्ठ उपाध्यक्ष, नेफिन झापा उपाध्यक्ष तथा संघर्ष समिति झापाका जातिय संस्था परिचालन संयन्त्रका संयोजक केवलराम राई, किरात याक्थुङ् चुम्लुङ् झापाका अध्यक्ष तथा संयुक्त संघर्ष समिति झापाका सदस्य सचिव सेसेहाङ् फियाक लिम्बू लगायतका महानुभावहरुले सिसेक्पा तङ्नामको शुभकामना व्यक्त गर्दै आदिवासी जनजाति आवाजलाई दवाएर प्रदेशसभाका सांंसदहरुले प्रदेशको नाम कोशी नामकरण गरेको विरोधको आन्दोलन दिनदिनै चर्काउँदै जाने उद्घोष गर्नुका साथै कोशी नाम खारेजी र पुनः नामकरणको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याइ छाड्न बताएका छन् ।

वक्ताहरुले राज्यले आन्दोलनलाई दमन गरे भूमिगत भएर भएपनि पहिचान र अस्तित्वको लडाईमा सफलता चुम्ने विश्वास रहेको कुरामा जोड दिँदै सम्पूर्ण पहिचावादी जनताहरु आन्दोलनमा होमिन आव्हान गरेका छन् ।

यसरी नै कियाचू जिल्ला कार्य समिति काठमाडौंले पनि सिसेक्पा तङ्नामको अवसरमा भव्य रुपले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका याक्थुङबाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश १ को नाम कोशी खारेजी आन्दोलनलाई साथ सहयोग गर्ने सहभागी सबैले प्रतिबद्धता गरेका छन् । साउने संक्रान्ती सिसेक्पा तङ्नामको अवसरमा देशविदेशमा कार्यक्रमहरु भएका छन् । (तस्वीरहरू विभिन्न संजालबाट संकलित)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...