दमक, ५ साउन । सिङ्गिङ् रियालीटी सो मेरो भ्वाइस युनिभर्षको टप २० सम्मको यात्रा तय गरेका दर्शक स्रोताको मनमा बस्न सफल गायक चोत्लुङहाङ केदेम लिम्बूको मनमोहक आवाजमा लिम्बू भाषाको प्रेमिल गीत ‘मिम् मेत्ने’ सार्वजनिक गरिएको छ ।
सञ्चारकर्मी तथा गीतकार आन्छुमे नसानको शब्द, गायक तथा संगीतकार कमल रसाइलीको संगीतमा गायीका थोकफेला लिङदेनको समेत आवाज रहेको फरक शैलिमा तयार पारिएको गीत ‘मिम् मेत्ने’ सार्वजनिक गरिएको हो ।
थोकफेला गार्मेन्ट(बुटिक एण्ड कलेक्सन)को प्रस्तुतिमा टेकेन्द्र यक्सोको संगीत संयोजन तथा सुरेश राईको रेकर्डिङ रहेको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् ।
माया गर्छु प्रियसी आफु भन्दा धेरै, साथ दिन्छु प्रियसी घाम जुन रहेसम्म भन्ने भाव बोकेको गीतमा केदेम संगै थोकफेला लिङदेनले फिचरिङ गरेको भिडियोलाई इसाक जबेगुले छायांकन तथा सम्पादन गरेका हुन् ।
सुनिता किरातीको मेकअप र नर्वु तामाङको सहायक छायांकन रहेको भिडियो थोकफेला लिङदेन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...
ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...