कियाचु इजरायलको पहलमा ताप्लेजुङमा (याःलाङ्) धाननाँच प्रतिमा निर्माण हुँदै

 लिम्बुवान न्युज
                       


ललितपुर, २१ असार । किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो ।
कास धातुबाट निर्माण गरिने प्रतिमा आउदो भदौ अन्तिमसम्ममा निर्माण सम्पन्न हुने गरि काम सुरु भई सकेको कियाचु इजरायकी अध्यक्ष नुमा काङ्वा बोखिमले बताइन् । उक्त याःलाङ् प्रति साढे छ फिट उचाइको निर्माण हुने अध्यक्ष बोखिमले वताइन् ।
लिम्बु याक्थुङ् जातीको ऐतिहासिक साँस्कृतिक परम्परालाई अमर बनाउन र याक्थुङ इतिहासलाई बचाउन कियाचु इजरालले आर्थिक व्यवस्थापन तथा संयोजकत्वमा दुई महिला र दुई पुरूष याःलाङ् धान नाचिरहेको प्रतिमा निर्माण गर्ने निर्णय गरेको हो ।
पाँच फिट उचाइको पिलरमा रहने प्रतिमाको पृष्ठभुमिमा आर्टिफिसियल फक्तालुङ, मुकुम्लुङ, स्टिलबार बाउण्ड्री, ढुंगा बिच्छ्याउँने, त्यहाँ बस्नका लागी बेन्चहरू राख्ने, फुल रोप्ने साथै बगैंचा समेत रहने जनाएको छ ।
निर्माणका लागि स्थानिय समाजसेवी कृतिमान मादेनको संयोजकत्वमा किराँत याक्थुङ चुम्लुङ जिल्ला ताप्लेजुङका पदाधिकारी सहितका ९ सदस्यीय निर्माण समिति गठन गरीएको छ । निर्मार्णाधिन प्रतिमा कियाचू संघ र जिल्ला समितिको निगरानी रहनेछ ।
कांसको ४ याःलाङ् (धान नाँच) प्रतिमा बनाउँन राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव भएका मुर्तिकार पुर्ण वनेम लिम्बुको अगुवाइमा ४ कालिगढहरूले बनाइरहेको जनाइएको छ ।
यस प्रतिमालाई कियाचु ताप्लेजुङ जिल्ला अध्यक्ष इन्दिरा मेन्याङबो मादेनको अध्यक्षतामा गत जेठ ६ गते बसेको बैठकले ताक्वाचङ (तक्मा) याराक्मा तेन राख्ने निर्णय गरेको र निर्माण तथा अनुगमन समिति पनि गठन गरेको बताईएको छ ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...