काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

 लिम्बुवान न्युज
                       


ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो ।

शनिवार किरात याक्थुङ चुम्लुङ् सुनसरी जिल्ला कार्यालय धरानमा आयोजिक एक कार्यक्रममा स्व. चेम्जोङका छोरा मोहनसिं चेम्जोङलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

लिम्बुवान समाज यूकेले त्रैवार्षिक रुपमा प्रदान गर्दै आएको नगद एक लाख रुपियाँ सहितको पुरस्कार तथा सम्मान १ नं. प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङले स्व. चेम्जोङका छोरा मोहनसिं चेम्जोङलाई हस्तान्तरण गर्नु भयो ।

पुरस्कार छनोट समितिद्वारा इतिहास, भाषा, लिपि, अनुसन्धान, प्राज्ञिक अन्वेषण तथा लिम्बुवानको राजनीतिक चेतनामा पु¥याएको योगदानका आधारमा स्व. चेम्जोङलाई छनोट गरेको थियो ।

बेलायतमा स्थापना भएको समाजले लिम्बुवान प्राप्तिका लागि योगदान पु¥याउँदै आएका व्यक्तित्वहरुलाई तीन–तीन वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ । यो पुरस्कार वि.सं. २०७९ सालमा पहिलोपटक पाँचथरका वीर नेम्वाङलाई प्रदान गरिएको थियो । उनले २०३६ सालमा लिम्बुवान मुक्ति मोर्चा गठन गरेर लिम्बुवान आन्दोलन र लिम्बुवानको राजनीतिलाई अघि बढाएका थिए ।

सम्बन्धित समाचार

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...