ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका हुन् ।

शनिबार सम्पन्न माङहिमकाे चौथो अधिवेशनले समितिको उपाध्यक्षमा शान्ति आङबुहाङ, सचिवमा राजेन्द्र केरुङ, सह सचिवमा डम्बर पालुङ्वा, कोषाध्यक्षमा पदमप्रसाद कुरुम्बाङ र सह कोषाध्यक्षमा मान बहादुर तबेबुङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः दुबेन्द्र सेर्मा, मदन राई, कर्ण बहादुर लिम्बू, देउराली चेम्जोङ, कमला खजुम, जुन माया मगर, पबित्रा लिम्बू गरी १३ सदस्यीय समिति निर्वाचित भएका छन् ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङ्हाङकाे प्रमुख आतिथ्यता त्यसैगरी किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिङ थेगिम र संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्माका विशेष आतिथ्यता रहेकाे थियाे ।

त्यस्तै माङगेन्ना समितिका उपाध्यक्षद्धय हर्कवीर योङ्हाङ, कमला तुम्बापो, सचिव शक्तिकुमार साँबा लगायत समितिका सदस्यहरूकाे उपस्थित रहेको थियो ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...