दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

 लिम्बुवान न्युज
                       

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी खुला गर्न लागेकाे हाे ।

दमक नगरपालिका वडा नं ३ दापगाछीस्थित दमक भ्यू टावर (दमक व्यापारिक कम्प्लेक्स) सर्वसाधारणको लागि स–शुल्क प्रवेश तथा अवलोकन खुला गरिने जनाएको छ ।

सो भ्यूटावर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म परिसर खुला गरिने भएको उल्लेख छ ।

भ्यूटावर अवलोकन गरेको शुल्क प्रतिव्यक्ति सय रुपैयाँ तोकिएको छ । त्यस्तै पार्किङ शुल्क हलुका सवारीका लागि रु.२५ , बसका लागि ५० र मोटरसाइकलको लागि रु.१० तोकिएको जनाइएकाे छ ।

अाेली सरकारकाे पहलमा डेढ अर्ब भन्दा धेरै लागतमा बनेकाे टावर हालसम्म संचालनमा अाएकाे छैन ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...