अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

 लिम्बुवान न्युज
                       


दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् ।

शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन् ।

याक्थुङ (लिम्बू) समुदायको मुन्धुम स्थल इम्बिरी याङथाङवामा जबरजस्ती आयोजना निर्माण गर्न सुरु गरिएकोभन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका छन् । अपर तमोर हाइड्रोपावर प्रभावित सङ्घर्ष समिति नै गठन गरेर सुरुदेखि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले विरोध जनाउँदै आएका हुन् ।

संघर्ष समितिले विभिन्न समयमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ मार्फत संघीय सरकारसहित विभिन्न निकायमा ज्ञापन पत्र र ध्यानाकर्षण पत्रमार्फत जलविद्युत आयोजनाको काम रोक्नुपर्ने माग गर्दै आइरहेको समितिका संयोजक विरवल लिङखिमले बताए । आयोजनाको काम नरोकिएमा अब चुप नबस्ने आन्दोलनलाई थप शक्ति बनाएर लाने संयोजक लिङखिमले बताए ।

लिम्बु याक्थुङहरुले यसै तमोर सभ्यता इम्बिरी याङथाङवामा मानवको उत्पत्ति भई मानव सभ्यता विकास भएको यस पवित्र मुन्धुमी स्थलको राज्यले संरक्षण गर्नुपर्नेमा जलविद्युत कम्पनीहरुलाई लाईसेन्स बाढेर मुन्धुमी सभ्यता नै समाप्त पार्ने भएकाले विभिन्न ज्ञापन पत्र, ध्यानाकर्षण पत्र लगायतका माध्यममार्फत आयोजनाको काम रोक्न अनुरोधसहित माग गर्दा पनि काम नरोकिएकाले आन्दोलनमै उत्रन बाध्य भएको संघर्ष समितिका श्री लिङखिम बताउँछन् ।

शुक्रवार भएको आयोजनाको विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्नुहुँदै लिङ्खिमले शुक्रवारसमेत पाँच पटकसम्म निर्माण स्थलमै आयोजनाको विरोधमा प्रदर्शन गरिएको बताए ।

अब पनि निर्माणको कामलाई निरन्तरता दिएमा हालसम्म भई रहेको शान्तिपूर्ण आन्दोलनको स्वरूप परिवर्तन हुने समेत उनले चेतावनी दिए । उनले भने–“स्वरूप परिवर्तनपछि हुने आन्दोलनबाट हुन कुनैपनि क्षति पुगेमा सरकार र सम्बन्धित पक्षले बेहोर्नुपर्ने छ ।”

मुन्धुमी स्थलको अतिक्रमण गरी जलविद्युत आयोजना निर्माण गर्दा मौलिक सभ्यता, परम्परा तथा संस्कृति मासिने भएकाले इम्बिरी याङथाङवा मुन्धुमी स्थलको संरक्षण गर्न आफूहरू लागिपरेको श्रीले बताएका छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले गरेको विरोध प्रदर्शनमा क्षति पुग्न नदिन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु बाकुलो रुपमा परिचालित भएका थिए ।

तस्वीर सामाजिक संजालबाटः

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...